Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विशेष महाधिवेशनको हस्ताक्षर सहितको माग आए पद छोड्न तयार छुः राजेन्द्र लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशन हस्ताक्षरसहितको माग आएमा अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।

राप्रपाको केन्द्रिय कार्य सम्पादन समितिको बुधवार बसेको बैठकका निर्णय सार्वजानिक गर्ने क्रममा उनले विशेष महाधिवेशनको लागि २५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाउन पार्टीभित्रका असन्तुष्ट पक्षलाई चेतावनी समेत दिएका छन् । राप्रपामा ४६ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको उनको भनाई छ । आफ्नो योग्यता, कार्यक्षमता माथि प्रश्न उठाएर १३ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे महाधिवेशन बोलाएर अध्यक्षको पद पनि हस्तान्तरण गर्ने उनले बताएका छन् ।

उनले भने, ‘पार्टीमा कुनै पनि अध्यक्ष हट्ने भन्ने प्रक्रियाको कुरा हुन्छ । अब हाम्रो पार्टीमा अध्यक्ष हटाउनको लागि पार्टीको विशेष महाधिवेशन बोलाउन प¥यो । हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधको संख्या ४६ सयको हाराहारीमा छ । भनेपछि २५ प्रतिशतले विशेष महाधिवेशनको माग गर्नुपर्छ । त्यो भनेको झन्डै साँढे १२ सय १३ सय हाराहारी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर हुन आउँछ । मैले त त्यस्तो महाधिवेशन प्रतिनिधिको माग आयो भने मेरो योग्यतामाथी, कार्यक्षमता माथि प्रश्न उठाएर त्यति साथीहरुको हस्ताक्षर आयो भने महाधिवेशन पनि बोलाइदिन्छु, अध्यक्षको पद पनि कसलाई जिम्मा लगाउनुपर्ने हो लगाईदिन्छु ।’

उनले केही व्यक्तिलाई मन नपरेको भरमा भने पार्टी अध्यक्ष छोड्न नसक्ने बताएका छन् । राप्रपाका महामन्त्रीद्वय धवलशमशेर जबरा र कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमाथी प्रश्न उठाउँदै आएका छन् । अध्यक्ष लिङदेनले उनिहरुलाई २५ प्रतिशत महाधिवेशनको हस्ताक्षर जम्मा गर्न चुनौती दिएका छन्।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?