Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कांग्रेसका २४ सय ८८ प्रतिनिधिले मागे विशेष महाधिवेशन, बुझाए हस्ताक्षर


काठमाडौँ। नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको काम गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाएका छन् ।

जेन—जी आन्दोलनपछि सभापति शेरबहादुर देउवामाथि पद छोड्न दबाब दिँदै आएका महाधिवेशन प्रतिनिधिहरुले बुधवार अपरान्ह पार्टी मुख्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको मागसहित ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहितको निवेदन बुझाएका हुन् । नियमित महाधिवेशनको प्रक्रिया नै शुरु नभएपछि आफूले विशेष अधिकारको प्रयोग गर्दै विशेष महाधिवेशनको मागसहितको निवेदन पार्टी नेतृत्वलाई बुझाएको पार्टीका नेता गुरु घिमिरले जानकारी दिएका छन् । उनले आफूहरुको सो कदम महाधिवेशन प्रतिनिधिको विशेषाधिकार र केन्द्रिय कार्य समितिको क्षेत्राधिकार भित्र रहेर अघि बढाएको पनि स्पष्ट पारेका छन् ।

नेता घिमिरेले भने,‘हाम्रो महाधिवेशन विधानले निर्धारण गरेको सीमा भित्र महाधिवेशनका प्रक्रियाहरु हुने कुरालाई पनि यसले मार्गप्रशस्त गरेको छ । नत्र अर्को विकल्पको रुपमा रहेको र हामीले देखेको महाधिवेशन प्रतिनिधिहरुको विशेषाधिकारको रुपमा रहेको र केन्द्रिय कार्य समितिको क्षेत्राधिकार र अग्राधिकारको रुपमा रहेको विशेष महाधिवेशन बोलाउन माग गर्ने हाम्रो हकलाई सुरक्षित राख्दै आज हामीले पार्टी समक्ष हाम्रा नेताहरुलाई स्मरण गर्दै हाम्रो आस्थाको धरोहर नेपाली काँग्रेसको केन्द्रिय कार्यालय सानेपाको परिसरमा उभिएर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै देशभरका साथीहरु जो झन्डैझन्डै ५३ प्रतिशतको संख्यामा हस्ताक्षर गर्नुभएको छ । पार्टीको यो सिंगो आत्मा, यसको मेरुदण्ड, पार्टीको मूल प्रवाहको रुपमा रहनु भएका ती साथीहरुको भावनालाई प्रतिनिधित्व गर्दै आज हामीले हाम्रो पार्टीको श्रद्धेय कार्यवाहक सभापतिलाई यो आवेदन पत्र वा निवेदन दिने निर्णय गरेका छौं ।’

आगामी मंसिर भित्र पार्टीको नियमित महाधिवेशन गराउने कुरामा पार्टी पदाधिकारीबीच एकमत हुन नसकेपछि विशेष महाधिवेशनको काम गर्नुपरेको महाधिवेशन प्रतिनिधिहरुको भनाई छ ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?