Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

यो सरकार प्रतिगमनको प्रतीक हो, चुनाव भ्रम हो:ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताएका छन् ।

बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकीर गरेका हुन् । अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको समेत बताए । उनले सरकार असंवैधानिक र अवैध भएको पनि दोहोर्याएका छन् ।

अध्यक्ष ओलीले भने,‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ । चुनाव हुनेवाला छैन । सरकारले चुनाव गराउने बाटो समातेको छैन । अवंधानिक सरकार हो यो । अबैध सरकार हो । हामी सबैलाई थाहा छ । पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन ? आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’

अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?