Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

यो सरकार प्रतिगमनको प्रतीक हो, चुनाव भ्रम हो:ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताएका छन् ।

बुधवारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकीर गरेका हुन् । अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको समेत बताए । उनले सरकार असंवैधानिक र अवैध भएको पनि दोहोर्याएका छन् ।

अध्यक्ष ओलीले भने,‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ । चुनाव हुनेवाला छैन । सरकारले चुनाव गराउने बाटो समातेको छैन । अवंधानिक सरकार हो यो । अबैध सरकार हो । हामी सबैलाई थाहा छ । पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन ? आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’

अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याएका छन् ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?