Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला


काठमाडौँ। नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् ।

अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताएका छन् । बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताउनु भयो । जेन जीका राम्रा विषयहरु समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको बताए । सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाएका छन् । राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको बताए ।

उनले भने, ‘आजको बैठकमा सबै दलहरुले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको भन्नुभएको छ । संसदलाई कायम राखेरै सबै प्रकारका समस्याको समाधान गर्न सकिने अवस्था हुँदाहुँदै त्यो अवस्था ठूला षड्यन्त्रको कारणले गर्दा असफल भयो भन्नेकुरा हामी सबै दलहरुको साझा मत भयो । संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक हो । यसको संवैधानिक परीक्षण सम्बन्धित सर्वोच्च अदालतले गर्नेछ । जेन जीका राम्रा विषयहरु पनि छन् । त्यो पुस्ताले उठाएका विषयलाई संसदमार्फत संविधान संशोधन गरेर भोलिका दिनमा निर्वाचनमार्फत ताजा जनादेश ल्याएर अघि बढ्ने कुरा सहज हुन्छ भन्नेकुरा आयो । संसद पुनःस्थापना गरिनु आवश्यक छ । देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर छ । संवैधानिक लिकमा ल्याउन निर्वाचन र संस्द पुनःस्थापना नै हो । निर्वाचनको तर्फबाट हेर्दा कुनैपनि कार्य छैन । गृहमन्त्री आज आफैँ दलका नेताहरुलाई धम्क्याउँदै हिँड्नुभएको छ । गृह प्रशासन त्यही ढंगबाट चलाउँदै हुनुहुन्छ । राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन सकेको छैन ।’

उनले राजनीतिक दलहरुसँग संवादहिनतामा सरकार रहेको बताएका छन् । लुटिएका हतियार खोजि गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाउनुभएको बताए । भयरहित स्थिति बन्ने अवथा नरहेको बताउदै उनले फागुन २१ गते निर्वाचन नगराउने गरी सरकार लागि परेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?