Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला


काठमाडौँ। नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् ।

अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको बताएका छन् । बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताउनु भयो । जेन जीका राम्रा विषयहरु समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको बताए । सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाएका छन् । राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको बताए ।

उनले भने, ‘आजको बैठकमा सबै दलहरुले संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक भएको भन्नुभएको छ । संसदलाई कायम राखेरै सबै प्रकारका समस्याको समाधान गर्न सकिने अवस्था हुँदाहुँदै त्यो अवस्था ठूला षड्यन्त्रको कारणले गर्दा असफल भयो भन्नेकुरा हामी सबै दलहरुको साझा मत भयो । संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक हो । यसको संवैधानिक परीक्षण सम्बन्धित सर्वोच्च अदालतले गर्नेछ । जेन जीका राम्रा विषयहरु पनि छन् । त्यो पुस्ताले उठाएका विषयलाई संसदमार्फत संविधान संशोधन गरेर भोलिका दिनमा निर्वाचनमार्फत ताजा जनादेश ल्याएर अघि बढ्ने कुरा सहज हुन्छ भन्नेकुरा आयो । संसद पुनःस्थापना गरिनु आवश्यक छ । देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर छ । संवैधानिक लिकमा ल्याउन निर्वाचन र संस्द पुनःस्थापना नै हो । निर्वाचनको तर्फबाट हेर्दा कुनैपनि कार्य छैन । गृहमन्त्री आज आफैँ दलका नेताहरुलाई धम्क्याउँदै हिँड्नुभएको छ । गृह प्रशासन त्यही ढंगबाट चलाउँदै हुनुहुन्छ । राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन सकेको छैन ।’

उनले राजनीतिक दलहरुसँग संवादहिनतामा सरकार रहेको बताएका छन् । लुटिएका हतियार खोजि गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाउनुभएको बताए । भयरहित स्थिति बन्ने अवथा नरहेको बताउदै उनले फागुन २१ गते निर्वाचन नगराउने गरी सरकार लागि परेको जिकिर गरेका छन् ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?