Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न : ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् ।

बुधवार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारेका छन् । आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए । अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताएका छन् । उनले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरेका छन् ।

अध्यक्ष ओलीले भने,‘पार्टी भित्र पनि केही सुरवीरहरुलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुशी पार्दिन्छ । देश अलपत्र पार्छ भन्ने ब्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन्, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्नुपर्छ भनेको बेला एकदम खुशीसाथ अध्यारो मुख लगाउन घर जलेपनि जान्या छैन, केही भएपनि जानेको छैन । मारिने अवस्था सृजना हुँदा पनि अध्यारो मुख लगाउन जान्या छैन । फेरि पनि कमरेडहरुको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु । तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर, लोकप्रियतावादको पछि कुदेर, के लोकप्रियतावाद हुन्छ यो ? कतिपय साथीहरुले मलाई भन्नुहुन्छ–तपाईलाई त बोकेर जानै सकिदैन । किन बोक्नु प¥यो ? म आफै हिँडछु । हिँडन नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्ने छैन । प्रश्न के हो ? कसैलाई मन परेन होला । नबोक्नुस । अव प्रश्न के हो ? केन्द्रिय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ ? व्यक्तिगत इच्छा पूरा गर्न म हिँड्या होइन । यो देशको इच्छा, यो देशको इच्छा पूरा गर्ने कामको अगुवाई यो पार्टीले गर्छ । पार्टीले जे भन्छ, त्यो गर्छु । त्यसकारण यी कुराहरुमा स्पष्ट रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु । हटने पनि प्रक्रिया हुन्छ । विरोधहरुलाई त घरमा आगो लगाउन मन लागेको थियो । पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । मन नपराएर होइन हाम्रो केन्द्रिय कार्यालय जलाएको ? हाम्रा नेताहरुको घरमा आगो लगाएको मन पराएर हो ? त्यो विरोधीले गरेको हो ।’

अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिएका छन् ।


प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?