Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जेन जी आन्दोलनको क्रममा भएका घटना निष्पक्ष छानविन गरी कारबाही होस्ः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटनाहरुको सत्य तथ्य छानविन गर्न माग गरेका छन ।

मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै न ले यस्तो माग गरेका हुन् । उनले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गर्नेमाथि छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । काँग्रेसको केन्द्रिय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेताहरुको निजी घर र डेरामा आक्रमण तथा लुटपाट रआगजनी गरेकोप्रति भत्र्सना गरेका छन् ।

उनले भने, ‘हाम्रो पार्टीको केन्द्रिय कार्यालयसहित ४८ जिल्लाका कार्यालय र करिव १ सय २५ जना नेता साथीहरुको निजी घर र डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी गरिएको छ । नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोईराला निवास, काठमाण्डौ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले झन मर्माहत भएको छु । त्यति मात्र होइन नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गरिएको छ । यी दुवै दिनका घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’

सभापति देउवाले नेपालको प्रजातान्त्रिक क्रान्ति, संघर्ष र आन्दोलनका ऐतिहासिक स्थान विराटनगरको कोईराला निवास, काठमाण्डौ चाक्सीवारीको गणेशमानसिंह निवास र ललितपुर बाँडेगाँऊ स्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रम पनि जलाएर खरानी बनाइएको घटनाले आफू मर्माहत भएको बताएका छन् ।


प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?