Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

हमासले इजरायललाई बुझायो विपिन जोशीको शव


एजेन्सी । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई बुझाएको छ।

सोमबार राति रेडक्रसमार्फत विपिनसहित चार जनाको शव हस्तान्तरण गरिएको इजरायली सेनाले पुष्टि गरेको हो। अन्य तीन जनामा गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेज रहेका छन्।

चारै शवलाई फरेन्सिक परीक्षणका लागि तेल अभिभस्थित अबु काबिर इन्स्टिच्युटमा लगिएको छ, जहाँ पहिचान प्रक्रिया सुरु भएको छ। हमासले यसअघि जीवित २० बन्धक फिर्ता गरिसकेको थियो भने अहिले सम्म २४ जना मृत बन्धकको शव बुझाउन बाँकी रहेको बताइएको छ।

फरेन्सिक परीक्षणपछि विपिनको शव परिवारलाई बुझाइने र त्यसपछि नेपाल ल्याउने तयारी भइरहेको छ।


प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?