Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

हमासले इजरायललाई बुझायो विपिन जोशीको शव


एजेन्सी । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई बुझाएको छ।

सोमबार राति रेडक्रसमार्फत विपिनसहित चार जनाको शव हस्तान्तरण गरिएको इजरायली सेनाले पुष्टि गरेको हो। अन्य तीन जनामा गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेज रहेका छन्।

चारै शवलाई फरेन्सिक परीक्षणका लागि तेल अभिभस्थित अबु काबिर इन्स्टिच्युटमा लगिएको छ, जहाँ पहिचान प्रक्रिया सुरु भएको छ। हमासले यसअघि जीवित २० बन्धक फिर्ता गरिसकेको थियो भने अहिले सम्म २४ जना मृत बन्धकको शव बुझाउन बाँकी रहेको बताइएको छ।

फरेन्सिक परीक्षणपछि विपिनको शव परिवारलाई बुझाइने र त्यसपछि नेपाल ल्याउने तयारी भइरहेको छ।


प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?