Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउ: नेविसंघ


काठमाडौँ। नेपाली काँग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निःवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेन जी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले पनि लिनुपर्ने भएकाले उनीहरुमाथि अनुसन्धान गरी दोषी देखिएर कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते नै धेरै मानवीय क्षति भएकाले आफूहरुले सोही दिन नै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको राजीनामा मागेको पनि स्पष्ट पारेका छन् । सभापति शेर्पाले सो आन्दोलनको नेतृत्वकर्ताका रुपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह देखिएको उल्लेख गर्दै सिंहदरबार जलाउने लगायतका घटनाका विषयमा उनीमाथि पनि अनुसन्धानको काम तत्काल अघि बढाउन सरकारलाई दबाब दिएका छन् ।

उनले भने, ‘तत्कालीन प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर उहाँहरुको पनि बयान लिएर दोषी देखिए उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ भनेर हामीले यो आज मात्रै होइन, हामीले सेप्टेम्बर ८ को बेलुका जुन घटना घट्यो । त्यतिबेला नै हामीले प्रधानमन्त्रीज्यु र गृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिनुपर्छ । उहाँहरुले राजीनामा दिनुपर्छ । र, शक्तिशाली छानविन आयोग गठन गरेर यसको निकास दिनुपर्छ भनेर हामीले त्यतिबेला पनि भनेका थियौं भने अहिले पनि त्यो विषयमा हाम्रो स्पष्ट धारणा छ । भोलीबाट एकैचोटी सबै ठाउँमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीज्युलाई पनि छानविनको दायरामा ल्याएर यदि दोषी देखियो भने उहाँहरुलाई पनि कारबाही गर्नु पर्छ । र त्यो छानविनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आउनुपर्छ । उहाँले सिंहदरवार जलाउनुपर्छ भनेर युवाहरुको माईनसेट गर्नु भएको थियो । उहाँले सेप्टेम्बर ८ को आन्दोलनको आह्वान गर्नु भएको थियो । जसले यो आन्दोलनको लिडर भनिरहनु भएको छ । उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो ।’

नेविसंघले पत्रकार सम्मेलनमा असोज २८ गतेबाट जेन जी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रने चेतावनी समेत दिएको छ ।


प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?