Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ


काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।

२०७९ पुस १० गते फ्लाई दुबई एफजेट०५८७ फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेशबाट यो प्रकरण सुरु भएको थियो । सुटकेशभित्रका ७३० भेपमा लुकाइएको सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर थियो । भन्सारका कर्मचारीहरूको मिलेमतोमा उक्त सुन साटिएको र छुटाउनका लागि महराले प्रभाव प्रयोग गरेको अनुसन्धानले देखाएको छ ।

यसअघि उनका छोरा राहुल महरा र अन्य पाँच जनामाथि मुद्दा दायर भइसकेको छ । अहिले महराको पक्राउसँगै तेस्रो चरणको अभियोजन सुरु भएको हो । अनुसन्धानमा महरा र उनका छोरा राहुलको चिनियाँ तस्करसँग निरन्तर सम्पर्क र कल रेकर्ड पाइएको सीआईबीले जनाएको छ ।

पहिले सत्ता र शक्तिको आडमा अड्किएको यो फाइल अहिले तीव्र गतिमा अघि बढिरहेको छ ।


प्रकाशित मिति: २६ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?