Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा पक्राउ


काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।

२०७९ पुस १० गते फ्लाई दुबई एफजेट०५८७ फ्लाइटमार्फत काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएका दुई सुटकेशबाट यो प्रकरण सुरु भएको थियो । सुटकेशभित्रका ७३० भेपमा लुकाइएको सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबर थियो । भन्सारका कर्मचारीहरूको मिलेमतोमा उक्त सुन साटिएको र छुटाउनका लागि महराले प्रभाव प्रयोग गरेको अनुसन्धानले देखाएको छ ।

यसअघि उनका छोरा राहुल महरा र अन्य पाँच जनामाथि मुद्दा दायर भइसकेको छ । अहिले महराको पक्राउसँगै तेस्रो चरणको अभियोजन सुरु भएको हो । अनुसन्धानमा महरा र उनका छोरा राहुलको चिनियाँ तस्करसँग निरन्तर सम्पर्क र कल रेकर्ड पाइएको सीआईबीले जनाएको छ ।

पहिले सत्ता र शक्तिको आडमा अड्किएको यो फाइल अहिले तीव्र गतिमा अघि बढिरहेको छ ।


प्रकाशित मिति: २६ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?