Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

महावीर पुनको जेन-जीलाई आग्रह -“एकता कायम गरौं, इतिहास दोहोर्याउन नदिनुस्”


महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले वर्तमान परिप्रेक्ष्यमा देशको विकास र सार्वभौम सत्ताको सुरक्षाका लागि “गुटबन्दी र खुट्टा तानातान अन्त्य गर्न” सबै नेपालीलाई अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै इतिहासकै उदाहरणहरू उल्लेख गर्दै भनेका छन्, “गुटबन्दी र खुट्टा तानातानले कहिल्यै देशलाई फाइदा गरेको छैन, बरु बारम्बार ठूलो क्षति पुर्‍याएको छ।”

महावीर पुनले नेपालको राजनीतिक इतिहासका विभिन्न कालखण्डलाई उद्धृत गर्दै गुटबन्दीकै कारण देशले बारम्बार अस्थिरता र निरंकुश शासन भोग्नुपरेको बताए। र लोकतन्त्रपछिको युगमा राजनीतिक असहमति र भ्रष्टाचारकै कारण जेन-जी आन्दोलनको विस्फोट भयो।

पुनले जेन-जी पुस्तालाई सम्बोधन गर्दै भने, “तपाईंहरूमा ऊर्जा र परिवर्तन गर्ने क्षमता छ, तर अहिले नै गुटबन्दीको प्रवृत्ति देखिँदैछ, त्यो अत्यन्तै खतरनाक संकेत हो।”

उनले थपे, “सुशासन र समृद्धिको सपना पुरा गर्नका लागि जेन-जी र आम नेपालीबीच एकताको भावना आवश्यक छ। गुटबन्दीले कहिल्यै देशको हित गर्दैन।”

अन्त्यमा उनले विनम्र अनुरोध गर्दै भने, “नेपालको इतिहासबाट सिकौं र मातृभूमिको अस्तित्वका लागि फेरि गुटबन्दीको अध्याय नदोहोर्याऔं।”


प्रकाशित मिति: २६ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?