Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

महावीर पुनको जेन-जीलाई आग्रह -“एकता कायम गरौं, इतिहास दोहोर्याउन नदिनुस्”


महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले वर्तमान परिप्रेक्ष्यमा देशको विकास र सार्वभौम सत्ताको सुरक्षाका लागि “गुटबन्दी र खुट्टा तानातान अन्त्य गर्न” सबै नेपालीलाई अनुरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै इतिहासकै उदाहरणहरू उल्लेख गर्दै भनेका छन्, “गुटबन्दी र खुट्टा तानातानले कहिल्यै देशलाई फाइदा गरेको छैन, बरु बारम्बार ठूलो क्षति पुर्‍याएको छ।”

महावीर पुनले नेपालको राजनीतिक इतिहासका विभिन्न कालखण्डलाई उद्धृत गर्दै गुटबन्दीकै कारण देशले बारम्बार अस्थिरता र निरंकुश शासन भोग्नुपरेको बताए। र लोकतन्त्रपछिको युगमा राजनीतिक असहमति र भ्रष्टाचारकै कारण जेन-जी आन्दोलनको विस्फोट भयो।

पुनले जेन-जी पुस्तालाई सम्बोधन गर्दै भने, “तपाईंहरूमा ऊर्जा र परिवर्तन गर्ने क्षमता छ, तर अहिले नै गुटबन्दीको प्रवृत्ति देखिँदैछ, त्यो अत्यन्तै खतरनाक संकेत हो।”

उनले थपे, “सुशासन र समृद्धिको सपना पुरा गर्नका लागि जेन-जी र आम नेपालीबीच एकताको भावना आवश्यक छ। गुटबन्दीले कहिल्यै देशको हित गर्दैन।”

अन्त्यमा उनले विनम्र अनुरोध गर्दै भने, “नेपालको इतिहासबाट सिकौं र मातृभूमिको अस्तित्वका लागि फेरि गुटबन्दीको अध्याय नदोहोर्याऔं।”


प्रकाशित मिति: २६ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?