Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

दायराभित्र बसेर उच्चस्तरीय जाँचबुझ आयोगलाई कार्यसम्पादन गर्न लेखकको आग्रह


काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् । सरकार, छानविन आयोग र राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्यमान्यता, संविधान र कानूनको अधिनभित्र रहेर आ—आफ्नो कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ । गत २३ र २४ भदौमा भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिवन्धविरुद्ध जेन–जी युवाहरुले आन्दोलन गरेका थिए । आन्दोलनले हिंसात्मक रुप लिँदा ७३ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए । नेता लेखकले मुलुक राजनीतिक जटिलतातर्फ धकेलिएको उल्लेख गर्दै यस अवस्थामा कानूनी साशनको मान्यताभित्र बसेर सबैले अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘सरकार, छानविन आयोग र राजनीतिक दलहरुले हाम्रा लोकतान्त्रिक मूल्यमान्यताभित्र बसेर संविधान र कानूनभित्र बसेर आआफ्ना कामहरु सम्पादन गर्नुपर्छ । कानूनी साशनको मान्यताभित्र बसेर आफ्नो कामहरु अगाडि बढाऔँ भन्ने मेरो आग्रह छ ।’

सरकारले गत २३ र २४ भदौमा भएको जेन—जी आन्दोलनका क्रममा भएका दमन र लुटपाटको छानविन गर्नका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?