Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

दायराभित्र बसेर उच्चस्तरीय जाँचबुझ आयोगलाई कार्यसम्पादन गर्न लेखकको आग्रह


काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनका क्रममा भएको हिंसा र धनजनको क्षतिका विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई लोकतान्त्रिक मूल्य र कानूनी दायराभित्र बसेर आफ्नो कार्यसम्पादन गर्न आग्रह गरेका छन् ।

शुक्रवार पार्टी केन्द्रिय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् । सरकार, छानविन आयोग र राजनीतिक दलहरुले लोकतान्त्रिक मूल्यमान्यता, संविधान र कानूनको अधिनभित्र रहेर आ—आफ्नो कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ । गत २३ र २४ भदौमा भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिवन्धविरुद्ध जेन–जी युवाहरुले आन्दोलन गरेका थिए । आन्दोलनले हिंसात्मक रुप लिँदा ७३ जनाको मृत्यु भएको थियो । सयौं घाइते भएका थिए । नेता लेखकले मुलुक राजनीतिक जटिलतातर्फ धकेलिएको उल्लेख गर्दै यस अवस्थामा कानूनी साशनको मान्यताभित्र बसेर सबैले अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘सरकार, छानविन आयोग र राजनीतिक दलहरुले हाम्रा लोकतान्त्रिक मूल्यमान्यताभित्र बसेर संविधान र कानूनभित्र बसेर आआफ्ना कामहरु सम्पादन गर्नुपर्छ । कानूनी साशनको मान्यताभित्र बसेर आफ्नो कामहरु अगाडि बढाऔँ भन्ने मेरो आग्रह छ ।’

सरकारले गत २३ र २४ भदौमा भएको जेन—जी आन्दोलनका क्रममा भएका दमन र लुटपाटको छानविन गर्नका लागि विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?