Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जेन–जी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई कुनै आदेश दिइएको थिएनः रमेश लेखक


काठमाडौँ। तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गरेका छन् ।

शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिएको आरोप लाग्दै आएको छ । उनले आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गरेका छन् । उनले आन्दोलनको पहिलो दिनमै ठूलो धनजनको क्षति भएका कारण आफूले गृहमन्त्रीको पदबाट राजीनामा गरेको पनि उल्लेख गरेका छन् ।

उनले भने,‘जेन–जी आन्दोलनको क्रममा प्रहरीलाई बल प्रयोग गर्नको लागि तत्काली प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दियो भन्ने कोणबाट पनि कुराहरु आइरहेका छन् । जोसुकै गृहमन्त्री र प्रधानमन्त्री भएपनि यसरी आदेश दिने कुरा हुँदैन । आन्दोलनकारीमाथि बल प्रयोग गर्ने कुनै पनि आदेश दिइएको छैन, भनिएको छैन । घट्नाहरु दुःखद् भए । धेरै जनाको ज्यान गएको छ । सरकारी संरचना र व्यक्तिगत निजी आवासहरुमा ठुलो आगजनी भएको छ । ति घट्नाहरुका प्रति मलाई गहिरो कुरा भयो । लगत्तै मैले मन्त्री पदबाट राजीनामा दिएको कुरा यहाँहरुमा विदितै छ ।’

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा तय गर्न निरन्तर पार्टी बैठक चलिरहेको उनको भनाइ छ । उनले पार्टीको अगामी कार्यनीतिको बारेमा पार्टीभित्र गम्भीर छलफल भइरहेको समेत बताएका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?