Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

हामीलाई बँचाउने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाउन सकेनः पुष्पकमल दाहाल


प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बताउन सकेन ? भन्दै प्रश्न गरेका छन् ।

शुक्रवार सम्पादकहरुसँगको संवादका क्रममा उनले यस्तो प्रश्न गरेका हुन् । उनले आफूहरु सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बाचाएको बताए । त्यहाँबाट देशका लागि आफूले खेल्नसक्ने भुमिका खेलको बताए । नेपालमा धेरै ठूलो क्षति भएको छ भने त्यो भूराजनीतिकै कारण भएको र नेपाल बँचेको पनि भूराजनीतिकै कारण रहेको उल्लेख गरे । उनले आफूहरुलाई सेनाले, जनताले, कार्यकताले कसले बँचाएको हो भनेर हेर्दा मुख्यतः सेनाले नै देखिएको बताएका छन् । उनले नेताहरु बँचाउनसक्ने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाएन भन्नेकुरा गम्भीर रहेको बताएका छन् ।

उनले भने, ‘हामी सेक्युरिटी खोज्दै सेनाकोमा गइयो । हामीलाई खोज्दै सेना आएको होइन । गएपछि जे भयो यो परिस्थितिमा त्यहाँबाट खेल्नसक्ने भुमिकाको कोशिस गरियो । त्यो वातावरण बन्यो तर हाम्रै कारणले यो बच्यो भन्नेकुरा भनेँ भने गलत हुन्छ । त्यो होइन । हामी धेरै ठूलो क्षति भएको छ भने भूराजनीतिका कारणले भएको छ, हामी बँचका छौँ भनेपनि भूराजनीतिका कारण बँचेका छौँ । हामी बँचियो कसरी भन्नेकुराको पनि जवाफ छैन । हामीलाई सेनाले बँचाएको हो की, जनताले हो की, हाम्रा पार्टीका साथीहरुले बँचाएको हो की ? अल्टिमेट्ली हेर्दा त सेनाले बँचायो । हामीलाई बँचाउने सेनाले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत किन बचाउन सकेन ? भनेर हेर्दा बढो अनौठा चित्र अनुभुति हुन्छ । ’

पूर्वप्रधानमन्त्री दाहालले अहिले देश संकटमा रहेको बताए । २३ गते जेन जी युवाहरुको योगदान प्रशंसायोग्य रहेको बताउनु भयो । गत भदौ २३ गतेको जेन जी आन्दोलन आन्तरिकमुखी भएको र २४ गतेको आन्दोलन भने वाह्यमुखी भएको दाबी गरेका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?