Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

हामीलाई बँचाउने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाउन सकेनः पुष्पकमल दाहाल


प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बताउन सकेन ? भन्दै प्रश्न गरेका छन् ।

शुक्रवार सम्पादकहरुसँगको संवादका क्रममा उनले यस्तो प्रश्न गरेका हुन् । उनले आफूहरु सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बाचाएको बताए । त्यहाँबाट देशका लागि आफूले खेल्नसक्ने भुमिका खेलको बताए । नेपालमा धेरै ठूलो क्षति भएको छ भने त्यो भूराजनीतिकै कारण भएको र नेपाल बँचेको पनि भूराजनीतिकै कारण रहेको उल्लेख गरे । उनले आफूहरुलाई सेनाले, जनताले, कार्यकताले कसले बँचाएको हो भनेर हेर्दा मुख्यतः सेनाले नै देखिएको बताएका छन् । उनले नेताहरु बँचाउनसक्ने सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बँचाएन भन्नेकुरा गम्भीर रहेको बताएका छन् ।

उनले भने, ‘हामी सेक्युरिटी खोज्दै सेनाकोमा गइयो । हामीलाई खोज्दै सेना आएको होइन । गएपछि जे भयो यो परिस्थितिमा त्यहाँबाट खेल्नसक्ने भुमिकाको कोशिस गरियो । त्यो वातावरण बन्यो तर हाम्रै कारणले यो बच्यो भन्नेकुरा भनेँ भने गलत हुन्छ । त्यो होइन । हामी धेरै ठूलो क्षति भएको छ भने भूराजनीतिका कारणले भएको छ, हामी बँचका छौँ भनेपनि भूराजनीतिका कारण बँचेका छौँ । हामी बँचियो कसरी भन्नेकुराको पनि जवाफ छैन । हामीलाई सेनाले बँचाएको हो की, जनताले हो की, हाम्रा पार्टीका साथीहरुले बँचाएको हो की ? अल्टिमेट्ली हेर्दा त सेनाले बँचायो । हामीलाई बँचाउने सेनाले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत किन बचाउन सकेन ? भनेर हेर्दा बढो अनौठा चित्र अनुभुति हुन्छ । ’

पूर्वप्रधानमन्त्री दाहालले अहिले देश संकटमा रहेको बताए । २३ गते जेन जी युवाहरुको योगदान प्रशंसायोग्य रहेको बताउनु भयो । गत भदौ २३ गतेको जेन जी आन्दोलन आन्तरिकमुखी भएको र २४ गतेको आन्दोलन भने वाह्यमुखी भएको दाबी गरेका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?