Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

समयमै निर्वाचन सम्पन्न गराउन आयोग चौबिसै घण्टा क्रियाशील छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी


काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताएका छन् ।

शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताएका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरु, नागरिक अगुवा, बुद्धिजीवि, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यामबाट छलफल गरिरहेको दाबी समेत गरेका छन् । उनले शुरुमा निर्वाचन व्यवस्थापनको काम आयोगले गरेको उल्लेख गर्दै हाल मतदाता नामावली संकलनको कामलाई आयोगले तिब्रताका साथ अघि बढाएको पनि जानकारी दिएका छन् । निर्वाचन सम्पन्न गराउनका लागि आफूहरुले मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाई थियो ।

उनले भने, ‘निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने सन्दर्भमा हाम्रो आयोग चौविसै घण्टा क्रियाशील छ । काम गरिराखेको छ । यहाँहरुले विभिन्न सञ्चार माध्यामहरुबाट पनि देखिरहनुभएको होला । निर्वाचन तोकिएको समयमा कुनैपनि हालतमा सम्पन्न गर्नुपर्छ । त्यो प्रयोजनका लागि राजनीतिक दल, सरोकारवाला, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, बुद्धिजीविहरु, पत्रकारहरु, अझ विशेष गरेर राजनीतिक दल, सञ्चारकर्मी साथीहरुको विशेष भूमिका रहन्छ । र उहाँहरुसँग हामीले विविध तरिकाले छलफल गरिराखेका छौ । पहिला त हामीले निर्वाचनको व्यवस्थापनको पक्षलाई थोरै समय लियौं । र, निर्वाचन व्यवस्थापनको पक्षलाई जव हामीले सम्बोधन गरिसक्याँै । अनि हामीले निर्वाचनको कार्यतालिका बनाएर त्यस अनुसार हामी धमाधम काम गरि राखेका छौं । जस्तो कतिपय बाधा अड्चनहरु थिए । ती अध्यादेशमार्फत फुकाएर भएपनि हामीले मतदाताहरुको मतदाता नामावली संकलन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिसकेका छौं । त्यो कार्य सुचारु रुपमा अघि बढेका छन् । दैनिक रुपमा ठूलो मात्रामा छुट्नुभएका मतदाताहरु अहिले मतदाता नामावलीमा समावेश गर्न आइरहनुभएको छ । यसरी हामीले मतदाता शिक्षाको सन्दर्भमा सचेतनापूर्ण ढंगबाट शुरुदेखि नै कार्यक्रम सञ्चालन गरिराखेका छौं ।’

कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले अध्यादेशमार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीको कामले तिब्रता पाएको पनि स्पष्ट पारेका छन् । उनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोग सचेत रहेको बताएका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?