Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

विगतको समीक्षा गरी साझा निष्कर्ष निकाल्नुपर्ने बेला भएको छः पुष्पकमल दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधिनतामा अहिलेको जस्तो संकट विगतमा कहिल्यै नभएको बताएका छन् ।

शुक्रवार ललितपुरस्थित एक होटलमा सम्पादकहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनले राष्ट्रिय स्वाधिनतामा यति ठूलो विदेशी हस्तक्षेप अहिलेसम्म नभएको बताए । अहिले पनिराजनीतिक संकट कायम रहेको बताए । अहिलेको जस्तो ठूलो दबाब नेपालले भोग्नु नपरेको जिकिर गर्दै उनले अहिलेको परिस्थितिले सबै राजनीतिक दल, नागरिक समाजहरु मिलेर काम गर्नुपर्ने जरुरी देखिएको उल्लेख गरेका छन् । फेरि एक पटक अहिले सबै राजनीतिक दल र नागरिक समाज गम्भीर भएर देशका लागि सोच्नुपर्ने बेला भएको बताए ।

उनले विगतको समीक्षा र आउने दिनका बाटोहरुका बारेमा अधिकतम बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्ने जिकिर गरेका छन् ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?