Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

एमाले सचिवालय बैठक जारी


काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्दै छ।

 बैठकमा केन्द्रिय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेको केन्द्रिय कमिटीको बैठक असोज २६ देखि २९ गतेसम्म बोलाइएको छ । साथै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाउनुभएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक धारणाबारे पनि सचिवालय बैठकले स्पष्ट पार्नेछ ।

नेकपा एमालेले संसद पुनःस्थापना हुनुपर्ने भन्दै माग राखेको छ । नेपाली काँग्रेससँग समन्वय गरेर संसद पुनःस्थापनाको प्रक्रिया अघि बढाइने एमालेको भनाइ छ । काँग्रेसले पनि संसद विघटन असंवैधानिक रहेको बताउँदै आएको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?