Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

सुनको भाउले हरेक दिन किन रेकर्ड तोड्दैछ ?


काठमाडौँ। पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाईतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीवार पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भयो । जुन अहिलेसम्मकै उच्च हो ।

यो साता सोमवार २५ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलवार २३ सयले उकालो लागेको थियो । बुधवार पनि २६ सयले बढ्दै सुन प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यसरी सुनको भाउले दिनदिनै रेकर्ड तोड्दै जानुका कारणहरु आन्तरीक भन्दा पनि वाह्य कारण बढी रहेको सुनचाँदी व्यवसायीहरु बताउछन् । उनीहरुकाअनुसार सुनको भाउ कोभिडयता नै निरन्तर बढ्दै गएको छ । यो कहीलेसम्म बढिरहने हो भन्न सकिने अवस्थै छैन् । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच संघर्ष चर्किंदा सुनको भाउ झन् पनि झन् बढ्दै गएको व्यवसायीको बुझाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य रुस–युक्रेन, इजरेल–हमासको युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका कैयौँ देशमा लगाएको करका कारण सुनको भाउ उच्च भएको बताए । उनकाअनुसार भारतलाई अमेरिकाले ट्यारिफ बढाएलगत्तै भारतको अर्थतन्त्र डामाडोल हुनपुग्यो । भारतले शरण माग्नुपर्ने भयो । उसले रसियासँग शरण माग्यो । रसियाले चाइनासँग सहकार्य गरिसकेपछि, अहिले भारत, चाइना, रसिया, ब्राजिल जस्ता देशहरूले ब्रिक करेन्सी निकाल्न लागेका छन् । उनीहरुले अमेरीकालाई काउन्टर दिन खोज्दा त्यसको असर सुनचाँदीको भाउ सम्मै पुगेको बज्रचार्य बताउछन् ।

उनकाअनुसार अब ब्रिक करेन्सी आउने भएपछि डलरको भाउ चाहिँ खस्किने देखिन्छ । डलर किन राख्ने भनेर अहिले नेपाल, चाइना र इन्डियाले आफूसँग संचित भएको डलर फाल्दै सुनजम्ममा गरेका कारण सुन बजारमा अभाव भएको छ । अरु युरोपियन देशहरू लगायतका अरु देशहरूको रिजर्भ बैंकहरूले पनि सुनको अभाव रहेको र उनीहरु पनि सुन जम्मा गर्नतर्फ लागेका छन् ।

उपाध्यक्ष बज्रचार्यले भने,‘बजारमा अहिले सुन अभाव भो । इन्भेस्टरहरू बजारमा आए । बजारमा सुन अभाव भो । त्यस कारणले यो अहिले चाहीँ पछिल्लो दिनमा यसरी बढेको हो । यो बढ्दै गर्दा यो भाउ यति धेरै बढ्दैन भन्ने संकेत बिचमा एकचोटि आएको थियो । तर फेरि अमेरिकन फेडरल रिजर्भ बैंकले जुन ब्याजदर राखेको थियो र ट्रम्प सरकारले त्यहाँ पनि हस्तक्षेप गरेर अमेरिकन फेडरल रिजर्भ बैंकलाई चाहिँ ब्याजदर घटाउन चाहिँ दबाब दिएको अवस्था र पछिल्लो पटक २५% ब्याजदर घटेको पनि छ । र यो ब्याजदर अझ घट्न सक्ने सम्भावना देखिएको छ । त्यो कारणले गर्दाखेरि पछिल्लो चोटी ड्राष्टिक रुपमा सुनको भाउ चाहिँ माथि गएको हो ।’

उनकाअनुसार अबका दिनहरूमा सुनको मूल्य अझै माथि पुग्छ । बजारमा सुनको अभाउ हुँदासम्म यसको माग उच्च हुनेछ । एउटा बिन्दुमा पुगेपछि सुनको भाउ घट्ने उहाँ बताउनुहुन्छ ।

सुनमा लगानी गर्ने बढ्दै
पछिल्ला दिनमा सुनमा लगानी गर्नेहरु बढिरहेको बज्रचार्य बताउछन् । उनकाअनुसार आवश्यक पर्ने व्यक्तिहरूले भन्दा पनि आवश्यक नपर्ने व्यक्तिहरूले सुन किनिरहेका छन् । नेपाली रुपैयाँको त्यसै पनि भ्यालु छैन । भोलि डलरको नि भ्यालु नहुन सक्छ र सुनको मात्र भ्यालु हुने रहेछ, भनेर अहिले सर्ट टर्मको लागि सुनमा इन्भेस्ट गर्ने र त्यो पछि फेरी बेचेर त्यसबाट पैसा कमाउने बढेको उहाँको भनाइ छ ।

नेपालमा ढिका सुन राख्न पाउने प्रावधान छैन, त्यो नहुँदा गहना बनाएर राख्नेहरु बढेको बज्रचार्य बताउछन् । उनकाअनुसार दसैँ अगाडिदेखि मात्र यसरी गरगहना बनाएर राख्नेहरुको चहलपहल देखिएको हो होइन भने नेपाली जनताहरूको क्रयशक्ति त्यति धेरै राम्रो नभएकाले त्यस्तो चहलपहल थिएन । महासंघका प्रथम उपाध्यक्ष बज्रचार्य जसरी सुनको भाउ बढेको छ । त्यसैगरी घट्न पनि सक्छ । त्यसले आफुलाई आवश्यक पर्ने सुनहरू खरिद गर्न राम्रो नै हुन्छ । अलिकति शर्ट टर्म लगानी गरेर क्यास गर्छु भन्ने हिसावले लगानी गर्नेहरुले कमाउन सक्छन् ।

केही लगानीकर्ताले सुनचाँदीमा रकम खर्चेपनि सामान्यतया सुनचाँदी पसलहरुमा उपभोक्ताको भीड देखिँदैन । बानेश्वरमा रहेको एसआर ज्वेलर्सका सञ्चालक सिताराम गहतराजले सुनचाँदीको भाउ आकासिएपछि पहिलेको तुलनामा कारोबार धेरै कम भइरहेको बताएका छन् ।

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमै मुल्य वृद्धि भएका कारण त्यसको असर व्यवसायमै परेको छ ।

सञ्चालक गहतराजले भने,‘पहिले जस्तो सुनचाँदीको कारोबार छैन् । आर्थिक मन्दी , आन्दोलनले गर्दा पनि उपभोक्तालाई मार नै परिरहेको छ । क्रयशक्ति घटेका कारणले व्यवसाय उत्साहजक छैन् ।’

उनकाअनुसार चाडपर्वको बेला सिजन भएकाले नयाँ सुन भन्दा पनि पुराना भएका गहनालाई मिलाएर बनाउने काम उपभोक्ताले गरेका छन् । सरकारले करका नाममा अतिरिक्त कर लगाएका कारण त्यसको असर बजारमा देखिएको गहतराजको भनाइ छ ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?