Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न काँग्रेसको माग


काठमाडौँ। नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरुले धारणा राखेको बताए । उनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति समेत जनाएका छन् । उनका अनुसार बैठक पार्टीको अधिवेशनको विषयमा केन्द्रित थियो । बैठकमा नेताहरुबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेका कारण ठोस निष्कर्षमा नपुगेको महतको भनाइ छ । बैठकमा केही नेताहरु बोल्न बाँकी रहेकाले फेरी भोलि छलफल हुने बताएका छन् ।

उनले भने, ‘अहिले पार्टीलाई समेत एउटा चुनौती खडा गरेको छ । योबाट कसरी अघि बढ्ने र सकारात्मक परिस्थिति निर्माण गर्ने ? लोकतान्त्रिक मूल्यमान्यतामा हामी प्रतिबद्ध छौं त्यसलाई कसरी जोगाउने र देशलाई पनि कसरी कमजोर हुनबाट जोगाउने भन्ने विषयमा साथिहरुले आफ्नो कुरा राख्नुभयो । पार्टीलाई कसरी अगाडि बढाउने र २६ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा समान सोच लिएर जाने जाने छलफल भएको छ । त्यो बैठकमा मिान विचार लिएर जान्छौं । अहिले नेताहरुको धारणा केमा रहेको छ भने महाधिवेशन निर्धारित समयमा हुनुपर्छ भन्ने कुरा पनि आएको छ । तर कतिपय नेताहरुको दृष्टिकोाण चाँही मंसिरभित्रै सबै विधि प्रक्रिया पुरा गरेर गर्न सक्छौं कि सक्दैनौं ? त्यसको लागि थप समय पनि चाहिन्छ कि भन्ने कुरा पनि आएको छ ।’

जेन–जी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?