Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैनः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । अध्यक्ष ओलीले सो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे । उनले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिएका छन् । असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने ओलीको भनाई थियो । उनले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताएका छन् ।

उनले भने, ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु–नेपाली काँग्रेसले पनि आफूलाई यही बाटोमा अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अघि बढनेछ । अरु पार्टीहरु पनि यही बाटो अगाडि बढ्नेछन् । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक बाटोमा, प्रणालीमा फर्काउन । त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरु त्यसलाई स्वीकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुनेछ । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौ भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ ।’

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहोर्याएका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?