Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

वर्तमान सरकार नेपालीको प्रतिनिधि होइनः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क गरेका छन् । उनले सरकारले आफूलाई काठमाडौं भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए । अध्यक्ष ओलीले गृह मन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न पनि सचेत गराएका छन् ।

उनले भने,‘यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ । मेरो पासपोर्ट रोक्का गर्ने ? अर्को तमासा के गर्नु भयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर बाहिर जान नपाउने । केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्ला पटी हेर्न पाईने किन नपाइने । त्यो पनि थाहा छैन । पानीढलको सीमाना वा । यो तमासा नभए, सडक तमासा नभए के हो यो ? सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? के सोच्या छ ? अहिलेको गृह मन्त्रीको त मैले नाम पनि सुनेको थिइन । गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।’

अध्यक्ष ओलीले सरकार संवैधानिक बाटोबाट नबनेको समेत दोहोर्याएका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?