Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस् : ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् ।

गुण्डुमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले घटनाको छानविन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताएका छन् । उनले आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? भन्दै प्रश्न् गरे । सम्पती छानविनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पती छानविन गर्न मान्ने हो ? भन्दै प्रश्न गरे । उनले नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको बताए ।

उनले भने, ‘सम्पती छानविन गर्ने रे, एक पटक होइन १० पटक गर सम्पती छानविन । म सोध्न चाहन्छु मन्त्रीज्युहरु तपाईंहरको सम्पती छानविन गरौँ ? आँट गर्नुहुन्छ, आफ्नै सम्पती छानविन गराउने ? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने गराउनु होला । पहिला नै केपी ओलीलाई समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरुको आयोग बनाएर गज्जवको ड्रामा गर्नुहुन्छ । पहिला नै केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानविन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्यौँ भन्ने नाटक गर्ने यस्ता नाटक नेकपा एमालेलाई मञ्जुर छैन । स्वीकार्य छैन । मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर । तर बुझ्नुस् तपाईंहरुले नेकपा एमालेलाई यो नक्कली आयोग मञ्जुर छैन । किनपनि मञ्जुर छैन भने गम्भीर प्रश्नहरु उहाँहरुका अभिव्यक्तिहरु, आयोगमा राखिनु भन्दा अगाडि, आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि सप्रमाण देखिसकेपछि उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? उहाँहरुले हामी निष्पक्ष छौँ भन्न सक्नुभएको छैन । लुसुलुसु अघि बढ्नुभएको छ, बढ्नुस् । तपाईंहरुको प्रतिवेदन लेख्नुस् । बुझाउनुस्, फैसला गर्नुस् । एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन । मान्दैनौँ हामी, गर्नुस्, केके गर्नुहुन्छ ?’

अध्यक्ष ओलीले तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुनसक्छ ? भन्दै प्रश्न गरेका छन् ।


प्रकाशित मिति: २३ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?