Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

हामी संसद पुनःस्थापनाको माग राखेर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौंः महेश बस्नेत


काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतेले आफूहरु संसद पुनस्र्थापनाको माग लिएर अदालत जाने बताएका छन् ।

बुधवार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी उहाँले एमाले संसद पुनस्र्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने जाने बताएका छन् । नेता बस्नेतले संसद पुनस्र्थापनाको माग पार्टीले आधिकारिक ढंगले अघि बढाउने वा कानून व्यवसायीमार्फत अघि बढाउने भन्ने विषयमा पनि अन्तिम छलफल भईरहेको समेत बताए । उनले भ्रष्टाचारविरुद्धको जेनजी पुस्ताको आन्दोलनमा आफूको पूर्ण साथ रहने पनि पटक पटक बताएका छन् ।

नेता बस्नेतले भने,‘संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं । पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने । त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौं । र, यतिखेर जेनजीहरुको मागलाई नयाँ दलहरुले सम्बोधन गर्दैनन् कि भन्ने एउटा चिन्ता र अफवाह फैल्याइएको छ । म जेनजी भाईबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु–अब तपाईहरुको नाम हामीले जेनजी होइन, डिजिटल जेनेरेशन राखिदियौं हामीले । अब तपाईहरुलाई म अनुरोध गर्न चाहन्छु–भ्रष्टाचार रोक्ने तपाईहरुको मागलाई हामी पूर्ण साथ दिन्छौं । भ्रष्टाचार विरुद्ध निष्पक्ष छानविन समिति बनाएर छानविन गर्ने कुरामा पुराना दल अथवा नेकपा एमाले अथवा हामी स्वयममाथि पनि तपाईहरुको आशंका छ भने हामी छानविनको दायरामा आउन तयार छौं । तर तपाईहरुको रगतमा होलि खेलेर घाईतेहरुको बैशाकी टेकेर अहिले सरकारमा गएर तपाईहरुलाई उचाल्ने हरेक व्यक्तिहरुको पनि छानविन हुनुपर्छ ।’

नेता बस्नेतले जेन—जी पुस्ताको नाममा सरकारमा गएकाहरु पनि भ्रष्ट भए÷नभएको छानविन गर्नुपर्ने माग गरेका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?