Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छः सिपी मैनाली


काठमाडौँ। नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सि.पी) मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्ने बताएका छन् ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको विपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताए । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताए । देशलाई यो ठाउँमा ल्याउने काम राजनीतिक दलहरु नै गरेको भन्दै शान्ति क्षेत्रको प्रश्तावलाई पनि राजनीतिक दलहरुले नै खारेज गरेको बताए । राजनीतिक दलहरुले नै खुकुलो नागरिकताको नीति लिएको बताएका छन् ।

उनले भने, ‘अहिले जुन उहाँले विचार राख्नुभयो, अब बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने विपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ । जाज्वल्यमान बनेको छ । विपीको २०३३ सालका विचारहरु राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्नेकुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरु नै हौँ । शान्ति क्षेत्रको प्रश्तावलाई हामी दलहरुले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको ।’

महासचिव मैनालीले भारत नेपालका लागि धेरै अफ्ठयारो छिमेकी भएको टिप्पणी गरेका छन् । भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भने र नमानेको जिकिर गरेका छन् । भारतले नेपालका लागि सहयोगको कुरा गरे पनि कसरी नेपाल गरिव हुन्छ ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? भन्नेबारेमा सोच्ने गरेको बताए । भारतले नेपाललाई आफ्नो क्षेत्र भनेर व्यवहार गरिरहेको बताए । यसबेलामा देशका शक्तिहरु सबै मिल्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो दक्षिणको छिमेकी धेरै अफ्ठ्यारो छिमेकी प¥यो । हामी ताक्छौँ मुढो, छिमेकी ताक्छ हाम्रो घुँडो । त्यो छिमेकीले कहिल्यै पनि नेपाल स्वतन्त्र मुलुक भनेर मान्दैन । सार्वभौम भनेर त्यसले अहिले पनि मान्दैन । सहयोगको कुरा जहिल्यै गरेपनि कसरी नेपाल गरिव हुन्छ ? कसरी यिनीहरुलाई तन्नम बनाउने ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? यस्तो अफ्ठ्यारो पार्दछ ।’

महासचिव मैनालीले विगतका राम्रा सिद्धान्तहरु पुनः लागू गर्नुपर्ने जरुरी रहेको बताएका छन् । भारतले नेपाललाई निल्नसक्ने जिकिर गरेका छन् । देशलाई जोगाउने संविधान र व्यवस्था नल्याइकन नेपाललाई बचाउन नसकिने बताए । उनले परम्परागत राजाको आवश्यकता भइसकेको पनि बताएका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?