Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी


काठमाडौँ। नेपाली काँग्रेसका नेता उमेशजंग रायमाझीले समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समस्याकै कारण आन्दोलन भएको बताउँदै अहिले मुलुक जलेको बताए । सिंहदरबार त्यसै नजलेको उल्लेख गर्नुहुँदै राजनीतिक दलका कमी कमजोरीका कारण सिंहदरबार जलेको बताए । सिंहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो ? भन्दै प्रश्न गरे । अहिले पनि नागरिकलाई सिंहदरबार आफ्नो नलागेको पनि बताए । राजनीतिक दलहरु राम्रोसँग नचल्दा ब्युरोकेसी र न्यायालयमा समेत प्रभाव परेको जिकिर गरेका छन् ।

उनले भने, ‘समस्या छ, आन्दोलन भएको छ । मुलुक जलेको छ । सिंहदरबार जलेको छ । सिंहदरबार त्यसै जलेको छैन । हाम्रा कमी, कमजोरीले जलेको छ । सिंहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो । नागरिकलाई सिंहदरबार आफ्नो लाग्दै लागेन । ति कुराहरु हामीले ख्याल गर्नुपर्छ । दलहरु राम्रोसँग नचल्दा यो अवस्था आएको हो । हाम्रा नीतिगत, वैधानिक समस्या र दम्भहरुका कारण राजनीतिक दलहरु राम्रोसँग चल्न सकेनन् । ब्युरोकेसी राम्रो चलेन । न्यायालय पनि त्यसकै मारमा प¥यो । कहाँनेर समस्या भयो, त्यसलाई बुझेर अघि बढ्नुपर्छ ।’

उनले सिंहदरबार नेपाली हातले जलाउन नसक्ने पनि जिकिर गरेका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?