Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प छैनः उमेशजंग रायमाझी


काठमाडौँ। नेपाली काँग्रेसका नेता उमेशजंग रायमाझीले समस्यालाई पहिचान गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले समस्याकै कारण आन्दोलन भएको बताउँदै अहिले मुलुक जलेको बताए । सिंहदरबार त्यसै नजलेको उल्लेख गर्नुहुँदै राजनीतिक दलका कमी कमजोरीका कारण सिंहदरबार जलेको बताए । सिंहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो ? भन्दै प्रश्न गरे । अहिले पनि नागरिकलाई सिंहदरबार आफ्नो नलागेको पनि बताए । राजनीतिक दलहरु राम्रोसँग नचल्दा ब्युरोकेसी र न्यायालयमा समेत प्रभाव परेको जिकिर गरेका छन् ।

उनले भने, ‘समस्या छ, आन्दोलन भएको छ । मुलुक जलेको छ । सिंहदरबार जलेको छ । सिंहदरबार त्यसै जलेको छैन । हाम्रा कमी, कमजोरीले जलेको छ । सिंहदरबारमा किन नागरिकलाई छिर्न निषेध गरियो । नागरिकलाई सिंहदरबार आफ्नो लाग्दै लागेन । ति कुराहरु हामीले ख्याल गर्नुपर्छ । दलहरु राम्रोसँग नचल्दा यो अवस्था आएको हो । हाम्रा नीतिगत, वैधानिक समस्या र दम्भहरुका कारण राजनीतिक दलहरु राम्रोसँग चल्न सकेनन् । ब्युरोकेसी राम्रो चलेन । न्यायालय पनि त्यसकै मारमा प¥यो । कहाँनेर समस्या भयो, त्यसलाई बुझेर अघि बढ्नुपर्छ ।’

उनले सिंहदरबार नेपाली हातले जलाउन नसक्ने पनि जिकिर गरेका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?