Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विपी महामानव होइनन्, राजनेता हुन्ः केशरबहादुर विष्ट


काठमाडौँ। राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोईरालालाई महामानव भन्न नहुने बताएका छन् ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपी महामानव नभइ राजनेता भएको तर्क गरेका छन् । उनले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गर्दै उनले विपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको बताए । विपीले समयानुसार मुलुकको माटो, गहिराईलाई बुझेर अघि बढाउनुभएको र अहिलेसम्म पनि विपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको बताए । मनमोहन अधिकारी पनि विपीको नजिकसम्म पुगेको व्यक्ति भएको बताएका छन् ।

उनले भने, ‘विपी महामानव थिएनन् । हामीले बेला बेलामा गलत बुझ्छौँ । विपीलाई महामानव भन्नु हुँदैन । विपी राजनेता हुनुहुन्थ्यो । विपीको राजनेतापन नेपालको लागि इज्जत र सौभाग्यको कुरा हो । हामीले त्यसरी बुझ्दा बढी राम्रो हुन्छ । महामानव भनेको गल्ती नगर्ने मान्छे हुन्छ, राजनीति नगर्ने मान्छे हुन्छ । विपी गल्ती नगर्ने मान्छे पनि होइन, विपी राजनीति नगर्ने मान्छे पनि होइन । विपी राजनेता हुनुहुन्थ्यो । समयानुसार यो मुलुकको माटो, गहिराईलाई बुझेर त्यसलाई लिएर जाने क्रममा त्यति जानेको बुझेको मान्छे आजसम्म नेपालको राजनीतिमा अर्को भएन । केही नजिक नजिक मनमोहन अधिकारी पनि हुनुभयो । नेपालको राजनीतिमा त्यो तहको राजनेता छैन ।’

उनले माओवादीसहितका राजनीतिक दलहरुले व्यवस्था बदल्नको लागि प्रयोग गरेको बाटो राष्ट्रघाती रहेको बताएका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?