Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

विपी महामानव होइनन्, राजनेता हुन्ः केशरबहादुर विष्ट


काठमाडौँ। राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले विश्वेश्वरप्रसाद कोईरालालाई महामानव भन्न नहुने बताएका छन् ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विपी महामानव नभइ राजनेता भएको तर्क गरेका छन् । उनले महामानव राजनीतिबाट बाहिर रहेको र गल्ती नगर्नेलाई भन्ने गरिने पनि उल्लेख गर्दै उनले विपी गल्ती र राजनीति नगर्ने मान्छे नभएको बताए । विपीले समयानुसार मुलुकको माटो, गहिराईलाई बुझेर अघि बढाउनुभएको र अहिलेसम्म पनि विपी जत्तिको नेपाललाई बुझ्ने मान्छे राजनीतिमा अर्को नदेखेको बताए । मनमोहन अधिकारी पनि विपीको नजिकसम्म पुगेको व्यक्ति भएको बताएका छन् ।

उनले भने, ‘विपी महामानव थिएनन् । हामीले बेला बेलामा गलत बुझ्छौँ । विपीलाई महामानव भन्नु हुँदैन । विपी राजनेता हुनुहुन्थ्यो । विपीको राजनेतापन नेपालको लागि इज्जत र सौभाग्यको कुरा हो । हामीले त्यसरी बुझ्दा बढी राम्रो हुन्छ । महामानव भनेको गल्ती नगर्ने मान्छे हुन्छ, राजनीति नगर्ने मान्छे हुन्छ । विपी गल्ती नगर्ने मान्छे पनि होइन, विपी राजनीति नगर्ने मान्छे पनि होइन । विपी राजनेता हुनुहुन्थ्यो । समयानुसार यो मुलुकको माटो, गहिराईलाई बुझेर त्यसलाई लिएर जाने क्रममा त्यति जानेको बुझेको मान्छे आजसम्म नेपालको राजनीतिमा अर्को भएन । केही नजिक नजिक मनमोहन अधिकारी पनि हुनुभयो । नेपालको राजनीतिमा त्यो तहको राजनेता छैन ।’

उनले माओवादीसहितका राजनीतिक दलहरुले व्यवस्था बदल्नको लागि प्रयोग गरेको बाटो राष्ट्रघाती रहेको बताएका छन् ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?