Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताएका छन् ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताले दिएको राजनीतिक पुँजी, वैधताको सही सदुपयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । उनले जेन जीको आन्दोलनबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा अघि बढाउन नसके नेपाल विदेशीको क्रिडास्थल हुने खतरा रहेको बताएका छन् । अहिले यो पार्टी र उ पार्टी भन्ने र एकले अर्कोलाई आरोप लगाउने समय नभएकाले सबै मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने बताए । नेपालमा भएका सबै शक्तिहरुले एकअर्कालाई जोड्ने शक्तिको पहिचान गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘अब विकासको शुरुवात भयो, राजनीतिक अस्थिरताको अन्त्य भयो भनेर भन्नेहरु अहिले कहाँ छन् । यो स्थिति त आयो देशमा । ०८४ को मिसन मात्रै होइन, जनता त २०८२ लाई पनि कुर्न तयार भएनन् । तिमीहरुले जे भनेका थियौ, त्यसको बेइमानी ग¥यौ । जनताले तिमीहरुलाई जुन राजनीतिक पुँजी, वैधता दिएका थिए त्यो शक्तिको सदुपयोग हुन सकेन । दुरुपयोग भयो । तिमीहरुलाई नियन्त्रण गर्ने कुनै निकाय भएन, अब तिमीहरुले गरेको अत्याचार सहन तयार छैनौँ भनेर जेन जीको आन्दोलन आयो । जेन जीको आन्दोलन नआएको भए अरु कसैको आन्दोलन आउँथ्यो । यसबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा लैजाने की नेपाललाई विदेशीको क्रिडास्थल बनाउने ? यस्तो समस्या देशमा आएपछि विदेशीहरुले आफ्नो चलखेल शुरु गर्दछन् । म यो पार्टी, उ पार्टीको भन्ने बेला छैन अहिले । न त तैँले मेरो लागि के गरिस् र कति दुःख दिस् भन्ने बेला छैन । विपीले भन्नुभएको जस्तै सहमति र समझदारीमा देशलाई लैजानुपर्छ । नेपालमा भएका सबै शक्तिहरुले हामीलाई जोड्ने केले हो भन्नेकुरा खोज्नुपर्छ ।’

नेता लोहनीले पार्टी भन्दा देश ठूलो भन्ने सोचेर सबैले कम्परमाइज गरेर नयाँ सहमतिबाट अघि बढ्नुपर्ने बताएका छन् । नेपाललाई जोड्ने शक्ति राजनीतिक दलहरु र संवैधानिक राजसंस्था रहेको बताए ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?