Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो नगरौँः प्रकाशचन्द्र लोहनी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले नयाँ सहमति र समझदारीबाट देशलाई अघि बढाउन ढिलो गर्न नहुने बताएका छन् ।

विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनताले दिएको राजनीतिक पुँजी, वैधताको सही सदुपयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको बताए । उनले जेन जीको आन्दोलनबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा अघि बढाउन नसके नेपाल विदेशीको क्रिडास्थल हुने खतरा रहेको बताएका छन् । अहिले यो पार्टी र उ पार्टी भन्ने र एकले अर्कोलाई आरोप लगाउने समय नभएकाले सबै मिलेर राष्ट्रिय सहमति गर्नुपर्ने बताए । नेपालमा भएका सबै शक्तिहरुले एकअर्कालाई जोड्ने शक्तिको पहिचान गर्न जरुरी रहेको बताएका छन् ।

उनले भने, ‘अब विकासको शुरुवात भयो, राजनीतिक अस्थिरताको अन्त्य भयो भनेर भन्नेहरु अहिले कहाँ छन् । यो स्थिति त आयो देशमा । ०८४ को मिसन मात्रै होइन, जनता त २०८२ लाई पनि कुर्न तयार भएनन् । तिमीहरुले जे भनेका थियौ, त्यसको बेइमानी ग¥यौ । जनताले तिमीहरुलाई जुन राजनीतिक पुँजी, वैधता दिएका थिए त्यो शक्तिको सदुपयोग हुन सकेन । दुरुपयोग भयो । तिमीहरुलाई नियन्त्रण गर्ने कुनै निकाय भएन, अब तिमीहरुले गरेको अत्याचार सहन तयार छैनौँ भनेर जेन जीको आन्दोलन आयो । जेन जीको आन्दोलन नआएको भए अरु कसैको आन्दोलन आउँथ्यो । यसबाट निस्किएको उर्जालाई सकारात्मक रुपमा लैजाने की नेपाललाई विदेशीको क्रिडास्थल बनाउने ? यस्तो समस्या देशमा आएपछि विदेशीहरुले आफ्नो चलखेल शुरु गर्दछन् । म यो पार्टी, उ पार्टीको भन्ने बेला छैन अहिले । न त तैँले मेरो लागि के गरिस् र कति दुःख दिस् भन्ने बेला छैन । विपीले भन्नुभएको जस्तै सहमति र समझदारीमा देशलाई लैजानुपर्छ । नेपालमा भएका सबै शक्तिहरुले हामीलाई जोड्ने केले हो भन्नेकुरा खोज्नुपर्छ ।’

नेता लोहनीले पार्टी भन्दा देश ठूलो भन्ने सोचेर सबैले कम्परमाइज गरेर नयाँ सहमतिबाट अघि बढ्नुपर्ने बताएका छन् । नेपाललाई जोड्ने शक्ति राजनीतिक दलहरु र संवैधानिक राजसंस्था रहेको बताए ।


प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?