Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छः पुष्पकमल दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने बताएका छन् ।

उनले भने,‘देशभर विपद्ले कहाँ कहाँ कति क्षति भयो भन्नेकुराको जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ । हामी कसरी अघि बढ्नुपर्छ भन्नेकुरामा हाम्रो केन्द्रिय समितिको बैठकबाट निर्णय गरिसकेका छौँ । घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ ।’

बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको बताएका छन्।


प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?