Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छः पुष्पकमल दाहाल


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय पेसि डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने बताएका छन् ।

उनले भने,‘देशभर विपद्ले कहाँ कहाँ कति क्षति भयो भन्नेकुराको जानकारी लिने काम र हामीले गर्नुपर्ने कामको विषयमा छलफल गरिएको छ । हामी कसरी अघि बढ्नुपर्छ भन्नेकुरामा हाम्रो केन्द्रिय समितिको बैठकबाट निर्णय गरिसकेका छौँ । घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो । हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ । मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ ।’

बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको बताएका छन्।


प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?