Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बाढी, पहिरो र डुबानबाट अवरुद्ध सडक छिटै सुचारु हुन्छः मन्त्री घिसिङ


काठमाडौँ। ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरुद्ध सडक छिटो भन्दा छिटो सुचारु गराउने बताएका छन् ।

बाढी, पहिरो र डुबानका कारण अवरुद्ध हुन पुगेका सबै सडकहरु तत्काल सुचारु गराउने गरी कामलाई अघि बढाइएको पनि उनले स्पष्ट पारेका छन् । आईतवार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरुद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरुको प्रयोग गर्न पनि यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले अवरुद्ध सडकहरु खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताएका छन् ।

मन्त्री घिसिङले भने,‘हामी तत्काल अवरुड सडक खोल्नेतिर अगाडि बढछौं । अब मौसम पनि नेपालबाट बाहिरिदैछ । भोलीसम्ममा मौसम पनि क्लिएर हुन्छ भन्ने छ । अब हामी विस्तारै सडकहरु खोल्नेतिर हामी लाग्छौं । पूर्वको सडकहरुमा बढी क्षति भएको छ। विशेष गरेर यो नेपालथोकको सडकलाई पनि हामी तत्कालनै शुरु गरिसकेका छौं विहानदेखि नै । अवरुद्ध ती सडकहरु ३—४ दिन अघि नै खोल्ने गरी इक्वीपमेन्टहरु मोविलाईज गर्ने र बैकल्पिक बाटोहरुलाई पनि सञ्चालन गर्ने गरी काम अघि बढाएका छौँ । बैकल्पिक बाटोहरु प्रयोग गर्न पनि म अनुरोध गर्दछु केही समयलाई । र यो सडक सञ्जालहरुमा भएको जति पनि क्षतिहरु छन् । त्यसलाई हामी छिटो भन्दा छिटो अगाडि बढाउँछौं । र, बेलीब्रिजहरु केही क्षति भएको छ। त्यसका लागि बेलिब्रिज हामी तत्काल नै जडान गर्नेतिर काम अगाढि बढाउँछौं । र देशभरकै सडकलाई छिटो भन्दा छिटो सुचारु गराउने गरी अगाडि बढछौं ।’

मन्त्री घिसिङले सरकारले क्षति भएका व्रिज तथा बेलिब्रिजहरुको जडान कार्यलाई पनि अघि बढाईसकेको बताएका छन् ।


प्रकाशित मिति: १९ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?