Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

भारी वर्षाको चेतावनी संगै मन्त्री घिसिङको निर्देशन, सबै निकाय तयारी अवस्थामा रहनु


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले शनिबार रातिबाट आइतबार मध्यान्हसम्म देशभर भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेका छन्।

विभागको पूर्वानुमानअनुसार काठमाडौंसहित विभिन्न क्षेत्रमा ठूलो वर्षा हुने भन्दै उनले सडक, सिँचाइ र जलविद्युत संरचनामा क्षति हुन सक्ने चेतावनी दिएका छन्।

मन्त्री घिसिङले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन, उपकरण सुरक्षित राख्न र बाढी–पहिरोको जोखिम न्यूनीकरणमा एकीकृत रूपमा काम गर्न निर्देशन दिएका छन्।

जल तथा मौसम विभागका प्रमुखले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।


प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?