Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

अहिलेको सरकारले विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नुपर्नेछः कुलमान घिसिङ


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गरेका छन् ।

विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गरेका थिए। जसमा गत वर्षको बाढी र पहिरोले धेरै क्षति पु¥याएको र अहिलेसम्म पनि पुल र सडक नबनेकाले अब नयाँ अध्ययन गरेर काम अघि बढाइने र छिटो काम सम्पन्न गर्नेगरी अघि बढ्ने बताए । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन शुरु गरिने बताए। सरकार अफ्ठ्यारो स्थिति रहेको भन्दै विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नु सरकारको चुनौति रहेको बताए । उनले अहिलेको सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने बताएका छन् । आफूहरुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाउदै उनले छोटो समयमा धेरै विकास निर्माणका काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

मन्त्री घिसिङले भने, ‘विपी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा धेरै ठूलो पानी पर्ने भन्ने पूर्वानुमान छ, त्यसले सबैले यात्रालाई सुरक्षित हिसावले शतर्कतासाथ गर्नुहोला । नेपाल सरकारले गर्नुपर्ने काम टेण्डर भइसकेको छ । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन छिटो भन्दा छिटो गरेर पहिलाकै अवस्थामा ल्याउन पहल गर्नेछौँ । पक्की पुलहरु पनि गत सालको बाढीले बगाएको अवस्था छ । कसरी त्यसको विकल्प दिने र पक्की पुल कसरी बनाउने र कहाँ बनाउने भन्ने निरीक्षणमा हामी छौँ । रोशी खोलाको बेलिब्रिज भत्किएको अवस्था रहेछ, कसरी त्यसलाई सुचारु गर्ने भन्नेमा सोचिरहेका छौँ । धेरै जाम नहोस् भनेर निरीक्षणका लागि आएका हौँ । विपी हाइवे र मध्यपहाडी हाइवेमा जोड्ने पुलहरुको अवस्था खैरहनी घाटको पुल गत सालको बाढीले बगाएको थियो । त्यसलाई बेलिब्रिज कसरी तत्काल बनाउने भनेर अध्ययन गरेर अघि बढाउँछाँै ।’

मन्त्री घिसिङले अब देशभरकै लामो समयसम्म सम्पन्न नभएका सडक, पुलका ठेक्का तोडेर नयाँ ठेक्क लगाइने बताएका छन् । उनले मरिन डाइभर्सनको बारेमा धेरै छलफल भएको र कन्ट्याक्टरसँग धेरै चरणको छलफल भएको र कसरी सम्पन्न गर्न सकिन्छ भनेर निश्चित समयावधिअनुसार योजना बनाएर ल्याउन आग्रह गरेको बताएका छन् ।


प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?