Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

घनश्यामको अनुमानः राजनीतिक दलहरु निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षिय द्वन्द्वमा फस्दैछ


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शिर्ष नेताहरुमा बहानाबाजी शुरु भइसकेको बताएका छन् ।

जेन जी आन्दोलनको माग पुराना नेताहरुको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी शुरु भइसकेको बताएका छन् । उनले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी शुरु भइसकेको बताएका छन्। मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको बताए । अहिलेका नेताहरुबाट राजनीतिक दलहरु निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गरेका छन् । चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरुले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्नसक्ने बताए ।

उनले भने, ‘अब हामीसँग दुई वटा बाटो छ । एउटा दलका नेताहरु फेरि पनि रहनका लागि अनेक बहानाबाजी गर्नेछन् । बहानाबाजी शुरु पनि भइसकेको छ । यसको सबैभन्दा भावुकतापूर्ण आम रुपमा कार्यकताको भावना दोहन गरिरहेका छन् । संकटमा यिनीहरु छन् । संकट परेको बेलामा नेतृत्वलाई जोगाउनुपर्छ भन्ने भाष्य खडा गरिँदैछ । वास्तवमा यो सारा संकट तिनीहरुले नै ल्याएका हुन् र यो मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् । तिनको पक्षमा जनमत बनाएर तिनीहरुले नै उकास्छन् भन्ने भाष्य बनाइँदैछ, यो घातक भाष्य बन्दैछ । यसले गर्दा यिनीहरु यहीँ रही रहन्छन् । यिनीहरु रही रहेर समाजमा यति धेरै बद्नाम नेताहरुलाई राखेर ति पार्टीले जनताको बीचमा जान सक्दैनन् । अहिले नै देखिरहनुभएको छ, चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिदेखि लिएर तमाम पपुलिस्ट नाराहरु गर्दैछन् । यो स्वर पनि बढ्दै जाने देखिन्छ । राजनीतिक पार्टीहरु जनतामा जान सक्दैनन् । समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरु अरु संविधान विरुद्धमा गतिविधि शुरु गर्नेछन् । तिनै नेताहरु देखाएर समाजमा ति नेताहरुको आक्रोश प्रयोग गरिरहनेछन् र यस्ता तत्वहरुले समाजमा काम गरिरहनेछन् । अर्थतन्त्र यसै पनि ठूलो धक्का लागेको छ ।’

महासचिव भुसालले मुलुक बहुपक्षिय द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् ।


प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?