Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

प्रचण्डले आन्तरिक लोकतन्त्रका नाममा संकट पैदा गर्दैछन् : घनश्याम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष दाहाल अरु केही एकता गरेर वा देखाएर महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा लाग्नुभएको बताएका छन् । अध्यक्ष दाहालले आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउने नाममा गरिरहनुभएको कामले झनै संकट थप्ने बताए । अहिलेको विकल्प पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्ने नै रहेको बताएका छन् । वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त रहेको भन्दै १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो प्रचण्डजी अरु केही एकता गरेर, त्यो देखाएर, उहाँले महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा उहाँ लाग्नुभएको छ, यो बडा आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउन नाममा जे गर्दै हुनुहुन्छ, त्यसले पनि समाजमा विश्वास आर्जन गर्न सकेको छैन । काँग्रेसमा त अलमल छँदैछ, अरु पार्टीको कुरै भएन । हामी संकटतर्फ जाँदैछौँ । उहाँहरुले छोड्ने, छाडाउने, यसले पार्टीभित्र र समाजमा जसले यो जिम्मेवारी लिएर राजनीतिलाई यो तहमा लगेको कारणले पार्टी छोड्ने कुराले समाजमा आशा हुन्छ । हामी वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त कुरा हो । १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुनेछ ।’

महासचिव भुसालले अहिलेका शिर्ष नेताहरुलाई बिदा गरेर नयाँ बाटो कोर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?