Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

प्रचण्डले आन्तरिक लोकतन्त्रका नाममा संकट पैदा गर्दैछन् : घनश्याम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष दाहाल अरु केही एकता गरेर वा देखाएर महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा लाग्नुभएको बताएका छन् । अध्यक्ष दाहालले आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउने नाममा गरिरहनुभएको कामले झनै संकट थप्ने बताए । अहिलेको विकल्प पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्ने नै रहेको बताएका छन् । वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त रहेको भन्दै १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुने बताएका छन् ।

उनले भने, ‘हाम्रो प्रचण्डजी अरु केही एकता गरेर, त्यो देखाएर, उहाँले महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा उहाँ लाग्नुभएको छ, यो बडा आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउन नाममा जे गर्दै हुनुहुन्छ, त्यसले पनि समाजमा विश्वास आर्जन गर्न सकेको छैन । काँग्रेसमा त अलमल छँदैछ, अरु पार्टीको कुरै भएन । हामी संकटतर्फ जाँदैछौँ । उहाँहरुले छोड्ने, छाडाउने, यसले पार्टीभित्र र समाजमा जसले यो जिम्मेवारी लिएर राजनीतिलाई यो तहमा लगेको कारणले पार्टी छोड्ने कुराले समाजमा आशा हुन्छ । हामी वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त कुरा हो । १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुनेछ ।’

महासचिव भुसालले अहिलेका शिर्ष नेताहरुलाई बिदा गरेर नयाँ बाटो कोर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?