Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सरकार राजनीतिक प्रतिशोधमा उत्रियोः एमाले


काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार राजनीतिक प्रतिशोधमा गएको बताएका छन् ।

आईतवार गुण्डुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर सरकार अघि बढिरहेको बताउदै निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखिएको जानकारी दिएका छन् । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय नगरिएको भन्दै आपत्ति जनाएका छन्।

उनले भने, ‘सरकार राजनीतिक प्रतिशोधमा जान खोजेको संकेत देखेका छौँ । यत्रो लामो समयसम्म इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर मात्रै होइन, उनीहरुलाई निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखेका छौँ । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय केही देखिँदैन । यि सबै घटनाक्रमप्रति गम्भीर छौँ ।’

उनले सबै घटनाक्रम गम्भीर रहेको पनि बताए ।


प्रकाशित मिति: १२ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?