Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

सरकार राजनीतिक प्रतिशोधमा उत्रियोः एमाले


काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकार राजनीतिक प्रतिशोधमा गएको बताएका छन् ।

आईतवार गुण्डुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर सरकार अघि बढिरहेको बताउदै निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखिएको जानकारी दिएका छन् । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय नगरिएको भन्दै आपत्ति जनाएका छन्।

उनले भने, ‘सरकार राजनीतिक प्रतिशोधमा जान खोजेको संकेत देखेका छौँ । यत्रो लामो समयसम्म इतिहास बनाएका राजनीतिक दलहरुलाई पन्छाएर मात्रै होइन, उनीहरुलाई निषेध गरेर जाने खालका कतिपय क्रियाकलाप देखेका छौँ । सरकार बनेको दुई हप्ता बित्दा समेत मुख्य राजनीतिक दलहरुसँग सम्पर्क, संवाद, समन्वय केही देखिँदैन । यि सबै घटनाक्रमप्रति गम्भीर छौँ ।’

उनले सबै घटनाक्रम गम्भीर रहेको पनि बताए ।


प्रकाशित मिति: १२ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?