Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२९ फाल्गुन २०८२, शुक्रबार
२९ फाल्गुन २०८२, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीसँग वार्ता गर्न जेन—जी वार्ता टोली घोषणा


काठमाडौँ। जेन—जीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो । वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ । अब थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिएका छन् ।

उनले भने,‘यो विषय परिस्थितिलाई ध्यानमा राखेर आज हामीले आधिकारिक वार्ता टोली १२ सदस्यीय फिक्स भईसकेको छ । अब ४ जना शहीद परिवार र घाइते परिवारबाट लिएर नाम घोषणा गर्छौ । अहिलेको विषय परिस्थितिलाई न्याय गर्न र राष्ट्रपतिसँग वार्ता गर्न भनेर यो टोली गठन गरेका हौं । वार्ता टोलीले राष्ट्रपतिसँग सम्झौता गर्नेछ । र, हामीले जसरी भएपनि वार्ता गर्नुपर्ने र आन्दोलनको वास्तविकता बुझाउनुपर्ने भएकाले हामी यसरी अघि बढिरहेका छौं । र, ती घाइते परिवार र सहिद परिवारलाई सम्झनुपर्ने हुन्छ । यहाँ कुनैपनि राजनीतिक दल, व्यक्ति विशेष वा हामी कोहीबाट परिचालित छैनौं । हामी जेनजीहरु एक छौं, एकजुट हुनेछौं । हिजो मात्रै हामीले भेटघाट गरेर मिराज ढुंगाना, पुरुषोतम यादव, जस्ता व्यक्तिहरुसँग भेटेर हामीले सम्वादमार्फत हामी निक्र्यौल पुगिसकेका छौं । हामीले सुदन गुरुङसँग पनि सल्लाह गरिसकेका छौं । उनको पनि हामीलाई साथ छ । संवाद गरेर अघि बढिसकेका छौं । हाम्रो टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ हुनुहुन्छ । अब ३ जना हामी घाइते र सहिद परिवारबाट राख्नेछौं ।’

पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने लगायतको आफूहरुको माग रहेको पनि बताएका छन् ।


प्रकाशित मिति: १२ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?