Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

हवाई टिकटमा भाडा नबढाउनू : नागरिक उड्डयन प्राधिकरण


काठमाडौँ।सरकारले दशैं,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन् । उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट विक्री गरी यात्रुहरुलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिएका छन् । हवाई टिकटको न्युनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्य भन्दा कम मूल्यमा सो टिकट विक्री गर्न सेवा प्रदायक संस्थाहरुलाई भनिएको प्राधिकरणको भनाई छ ।

सूचना अधिकारी भुलले भने,‘देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरुलाई बोलाएर कम्तिमा म्याक्सिमम फेयर नबेच्नु होला, त्यो भन्दा १/२ क्लास लोयर फेयरमा बेचिदिनुहोस भनेर भनेका छौं । त्यही अनुसार हाम्रो बुद्ध एयर अरु वायु सेवा कम्पनीहरुले काम गरिरहेको छ । सपोज अहिले बुद्ध एयरले धनघढीमा १२ हजार भन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरुले निन्टरनल्ली नै तयारी गर्नु भएको छ । वायु सेवा कम्पनीले नियम भित्र भएपनि उहाँहरुलाई अपर फेयरको टप मोष्ट फेयर भन्दा एक लेवल तल्लो क्लासको टिकट उहाँहरुले बेचिराख्नु भएको छ । हो स्वभाविक रुपमा यात्रुहरुले एकैचोटी ट्राभल गर्दाखेरी डिमान्ड बढि भएर लोअर फेयरको टिकट भन्दा हाईएर फेयरको टिकट सोल्ड अलि बढी छ ।’

त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुहरुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुहरुले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ । प्राधिकरणका सूचना अधिकारी भुलले दशैँतिहारजस्तो समयमा त्यो संख्या बढेर दैनिक १८ हजारसम्म यात्रुहरु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?