Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

हवाई टिकटमा भाडा नबढाउनू : नागरिक उड्डयन प्राधिकरण


काठमाडौँ।सरकारले दशैं,तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरुलाई आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन् । उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट विक्री गरी यात्रुहरुलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिएका छन् । हवाई टिकटको न्युनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्य भन्दा कम मूल्यमा सो टिकट विक्री गर्न सेवा प्रदायक संस्थाहरुलाई भनिएको प्राधिकरणको भनाई छ ।

सूचना अधिकारी भुलले भने,‘देशमा पनि अहिले यस्तो अवस्था भएको हुनाले वायुसेवा कम्पनीका साथीहरुलाई बोलाएर कम्तिमा म्याक्सिमम फेयर नबेच्नु होला, त्यो भन्दा १/२ क्लास लोयर फेयरमा बेचिदिनुहोस भनेर भनेका छौं । त्यही अनुसार हाम्रो बुद्ध एयर अरु वायु सेवा कम्पनीहरुले काम गरिरहेको छ । सपोज अहिले बुद्ध एयरले धनघढीमा १२ हजार भन्दा माथिको टिकट नबेच्ने भनेर उहाँहरुले निन्टरनल्ली नै तयारी गर्नु भएको छ । वायु सेवा कम्पनीले नियम भित्र भएपनि उहाँहरुलाई अपर फेयरको टप मोष्ट फेयर भन्दा एक लेवल तल्लो क्लासको टिकट उहाँहरुले बेचिराख्नु भएको छ । हो स्वभाविक रुपमा यात्रुहरुले एकैचोटी ट्राभल गर्दाखेरी डिमान्ड बढि भएर लोअर फेयरको टिकट भन्दा हाईएर फेयरको टिकट सोल्ड अलि बढी छ ।’

त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुहरुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था गरेको पनि जनाएको छ । नेपालमा दैनिक १० हजार यात्रुहरुले आन्तरिक उडान गर्ने गरेको तथ्यांक छ । प्राधिकरणका सूचना अधिकारी भुलले दशैँतिहारजस्तो समयमा त्यो संख्या बढेर दैनिक १८ हजारसम्म यात्रुहरु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?