Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सार्वजनिक सूचना दिगो विकाससँग जोड्न आवश्यकः प्रमुख आयुक्त आचार्य


काठमाडौँ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरुलाई दिगो विकाससँग जोड्न आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूचनाका विषयहरु परिवर्तन भएपनि पुरानै ढंगबाट सूचना माग गर्ने प्रवृत्ति हटिनसकेको बताएका छन् । उनले सूचनाको माग गर्दा सार्वजनिक हितको विषय व्यक्तिगत सरोकारमा केन्द्रित हुँदा समस्या भइरहेको बताएका छन् । उनले नागरिक जीवनमा परिवर्तन आउनेगरी सूचनाको सदुपयोग गर्न जरुरी रहेको पनि बताए । उनले प्रविधिको बढ्दो विकाससँगै सूचनामा सबैको पहुँच सुनिश्चित हुँदै गएको पनि बताएका छन् ।

उनले भने, ‘सूचनाका विषयहरु परिवर्तन हुँदै गएका छन् । यद्यपि हामी पुरानै ढंगबाट सूचनाको माग गर्ने र नागरिक चासोको विषयभन्दा व्यक्तिगत सरोकारका विषयमा बढी केन्द्रित भइरहेका छौं । वास्तवमा सूचनाको हक सार्वजनिक हितका लागि कसरी प्रयोग गर्न सकिन्छ र यसको उपयोगबाट नागरिक जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा जसरी उपयोग गर्नुपर्ने हो त्यसरी भइरहेको अवस्था छैन । हामीले जुन खालका सूचनाहरु माग गरिरहेका छौं ति सूचनाको बीचमा कति तालमेल भइरहेको छ भनेर हेर्नुपर्ने अवस्थामा पनि छौं । प्रविधिको यति धेरै विकास भएको छ कि कतिपय सूचनाहरु हामीले मागिरहनु नै पर्दैन । कतिपय नमागेका सूचनाहरु पनि सार्वजनिक निकायबाट प्रवाह भइ नै राखेका छन् ।’

उनले प्रविधिको विकासकै कारण कतिपय नमागेका सूचनाहरु समेत सार्वजनिक निकायहरुले प्रवाह गरिराखेको बताएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?