Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सार्वजनिक सूचना दिगो विकाससँग जोड्न आवश्यकः प्रमुख आयुक्त आचार्य


काठमाडौँ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायबाट प्रवाह हुने सूचनाहरुलाई दिगो विकाससँग जोड्न आवश्यक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सूचनाका विषयहरु परिवर्तन भएपनि पुरानै ढंगबाट सूचना माग गर्ने प्रवृत्ति हटिनसकेको बताएका छन् । उनले सूचनाको माग गर्दा सार्वजनिक हितको विषय व्यक्तिगत सरोकारमा केन्द्रित हुँदा समस्या भइरहेको बताएका छन् । उनले नागरिक जीवनमा परिवर्तन आउनेगरी सूचनाको सदुपयोग गर्न जरुरी रहेको पनि बताए । उनले प्रविधिको बढ्दो विकाससँगै सूचनामा सबैको पहुँच सुनिश्चित हुँदै गएको पनि बताएका छन् ।

उनले भने, ‘सूचनाका विषयहरु परिवर्तन हुँदै गएका छन् । यद्यपि हामी पुरानै ढंगबाट सूचनाको माग गर्ने र नागरिक चासोको विषयभन्दा व्यक्तिगत सरोकारका विषयमा बढी केन्द्रित भइरहेका छौं । वास्तवमा सूचनाको हक सार्वजनिक हितका लागि कसरी प्रयोग गर्न सकिन्छ र यसको उपयोगबाट नागरिक जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा जसरी उपयोग गर्नुपर्ने हो त्यसरी भइरहेको अवस्था छैन । हामीले जुन खालका सूचनाहरु माग गरिरहेका छौं ति सूचनाको बीचमा कति तालमेल भइरहेको छ भनेर हेर्नुपर्ने अवस्थामा पनि छौं । प्रविधिको यति धेरै विकास भएको छ कि कतिपय सूचनाहरु हामीले मागिरहनु नै पर्दैन । कतिपय नमागेका सूचनाहरु पनि सार्वजनिक निकायबाट प्रवाह भइ नै राखेका छन् ।’

उनले प्रविधिको विकासकै कारण कतिपय नमागेका सूचनाहरु समेत सार्वजनिक निकायहरुले प्रवाह गरिराखेको बताएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?