काठमाडौँ।नेपाल इन्जिनियर्स एशोसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ ।
एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका छ । शनिवार सो मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताएका छन् । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरुको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताए ।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वालहरुमा त्यति क्षति नभएपनि अरु टोटल्ली क्षति भएको अवस्था छ । जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ । त्यस्तै गरेर हामी केही समय अघि सर्वोच्च अदालत हे¥यौं । यसको पनि उत्तरपट्टीको भाग बढि जोखिम छ । त्यसकारण यसमा पनि काम गर्न गाह्रो छ । त्यही भवनको दक्षिणतिरको भाग केही कम क्षति भएको कारणले काम गर्न सहज हुने सुझाव दिएका छौं । यो मिश्रीत छ । जस्तो सिंहदरवारको भवनहरु हेर्दा पनि केही ठाउँमा बढि क्षति भएपनि धेरैजसो ठाँउ क्षति नभएको पनि देखिन्छ । लामो समयसम्म आगो रहिरहेको ठाउँमा बढि डयामेज भएको अवस्था छ ।’
एशोसिएशनले सरकारसँगको समन्वयमा जेनजी प्रर्दशनकारीहरुले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरुको निरीक्षणको कामलाई तिब्रता दिइएको जानकारी गराउँदै आएको छ । अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरुबाट आफूहरुले ले सो कामलाई निरन्तरता दिइएको बताएका छन् ।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार