Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

स्वास्थ्य मन्त्रालयको भवन काम लाग्ने अवस्थामा छैनः इन्जिनियर्स एशोशिएशन


काठमाडौँ।नेपाल इन्जिनियर्स एशोसिएशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन ध्वस्त भएको जनाएको छ ।

एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका छ । शनिवार सो मन्त्रालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सर्वोच्च अदालतको पनि उत्तरतिरको भाग कामै नलाग्ने अवस्थामा रहेको बताएका छन् । दक्षिणतिरको भाग भने काम लाग्ने अवस्थामा रहेको आफूहरुको प्रारम्भिक निरीक्षणले देखाएको अध्यक्ष बरालले बताए ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयको भवनको अवस्था हेर्दा यसको वालहरुमा त्यति क्षति नभएपनि अरु टोटल्ली क्षति भएको अवस्था छ । जसले गर्दा यसलाई हाललाई प्रयोग गर्न अत्यन्त जोखिम छ । त्यस्तै गरेर हामी केही समय अघि सर्वोच्च अदालत हे¥यौं । यसको पनि उत्तरपट्टीको भाग बढि जोखिम छ । त्यसकारण यसमा पनि काम गर्न गाह्रो छ । त्यही भवनको दक्षिणतिरको भाग केही कम क्षति भएको कारणले काम गर्न सहज हुने सुझाव दिएका छौं । यो मिश्रीत छ । जस्तो सिंहदरवारको भवनहरु हेर्दा पनि केही ठाउँमा बढि क्षति भएपनि धेरैजसो ठाँउ क्षति नभएको पनि देखिन्छ । लामो समयसम्म आगो रहिरहेको ठाउँमा बढि डयामेज भएको अवस्था छ ।’

एशोसिएशनले सरकारसँगको समन्वयमा जेनजी प्रर्दशनकारीहरुले तोडफोड र आगजनी गरेका सरकारी तथा निजी भवनहरुको निरीक्षणको कामलाई तिब्रता दिइएको जानकारी गराउँदै आएको छ । अध्यक्ष बरालले ७ वटै प्रदेश कार्यालयहरुबाट आफूहरुले ले सो कामलाई निरन्तरता दिइएको बताएका छन् ।


प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?