Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी हैन,धुलो टक्टक्याउदै फेरी उठ्छौ : ईश्वर पोखरेल


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले एमालेभित्र अब के हुन्छ ? भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै एमालेलाई कुनै पनि किसिमको विग्रह हुन नदिने बताएका छन् । उनले भएका कमजोरीहरु सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी नभएको बताउँदै धुलो टक्टक्याएर पुनः उठ्ने बताएका छन् । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको, भुलुक्क उम्लिएको पार्टी नभएको बताउँदै समीक्षा गरेर अघि बढ्ने बताए । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘म साथीहरुलाई संविधान दिवसको अवसरमा उपस्थित हुनुभएका मित्रहरुलाई के आग्रह गर्न चाहन्छु भने नेकपा एमालेले अहिले केही नोक्शानी सहनुपरेको छ । हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ । देशव्यापी रुपमा संविधान दिवस मनाइरहँदा नेकपा एमालेभित्र कहीँ कतै केही होला भन्ने शंका होला । एमालेभित्र कुनैपनि किसिमको विग्रह हुनेवाला छैन । हामी विग्रह हुन दिनेवाला छैनौँ । कमजोरीहरु सच्चिन्छन्, कमजोरी सच्याउँछौँ तर विग्रह हुन दिँदैनौँ । यसको लागि हामी समीक्षा गर्दछौँ । बितेका दिनमा हाम्रो यात्रा कस्तो रह्यो त्यसलाई फर्किएर हेर्छौं, सच्याउने अठोट र संकल्प गर्दछौँ । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो भुलुक्क उम्लिएको पार्टी होइन, यो कसैले किस्तिमा हालेर दिएको उपहार होइन । यो असंख्य हाम्रा अग्रज, शहीदहरुले लडाईं गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । यो पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक एकता खल्बलिए राष्ट्रिय एकता कमजोर हुने बताउँदै यस्तो हुन दिन नहुने जिकिर गरेका छन् । नेपाल बहुजाती, बहुभाषा, बहुधर्म र बहुसंस्कृति भएको देश भएकाले नेपालको एकतालाई कायम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरु बेला बेलामा देखापर्ने गरेको भन्दै एमालेले सामाजिक सद्भाव खल्बल्याउन चाहने जुनसुकै शक्तिलाई पनि पराजित गर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?