Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी हैन,धुलो टक्टक्याउदै फेरी उठ्छौ : ईश्वर पोखरेल


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले एमालेभित्र अब के हुन्छ ? भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै एमालेलाई कुनै पनि किसिमको विग्रह हुन नदिने बताएका छन् । उनले भएका कमजोरीहरु सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी नभएको बताउँदै धुलो टक्टक्याएर पुनः उठ्ने बताएका छन् । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको, भुलुक्क उम्लिएको पार्टी नभएको बताउँदै समीक्षा गरेर अघि बढ्ने बताए । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘म साथीहरुलाई संविधान दिवसको अवसरमा उपस्थित हुनुभएका मित्रहरुलाई के आग्रह गर्न चाहन्छु भने नेकपा एमालेले अहिले केही नोक्शानी सहनुपरेको छ । हामी धुलो टक्टक्याउँदै उठ्छौँ, उठिछोड्छौँ । पार्टीलाई नयाँ ढंगले निर्माण गरिछोड्छौँ । देशव्यापी रुपमा संविधान दिवस मनाइरहँदा नेकपा एमालेभित्र कहीँ कतै केही होला भन्ने शंका होला । एमालेभित्र कुनैपनि किसिमको विग्रह हुनेवाला छैन । हामी विग्रह हुन दिनेवाला छैनौँ । कमजोरीहरु सच्चिन्छन्, कमजोरी सच्याउँछौँ तर विग्रह हुन दिँदैनौँ । यसको लागि हामी समीक्षा गर्दछौँ । बितेका दिनमा हाम्रो यात्रा कस्तो रह्यो त्यसलाई फर्किएर हेर्छौं, सच्याउने अठोट र संकल्प गर्दछौँ । एमाले शान्त तलाउमा डुंगा चलाएर आएको पार्टी होइन, यो भुलुक्क उम्लिएको पार्टी होइन, यो कसैले किस्तिमा हालेर दिएको उपहार होइन । यो असंख्य हाम्रा अग्रज, शहीदहरुले लडाईं गरेर प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो । यो पार्टीलाई हामी फेरि नयाँ ढंगले अघि बढाउँछौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक एकता खल्बलिए राष्ट्रिय एकता कमजोर हुने बताउँदै यस्तो हुन दिन नहुने जिकिर गरेका छन् । नेपाल बहुजाती, बहुभाषा, बहुधर्म र बहुसंस्कृति भएको देश भएकाले नेपालको एकतालाई कायम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरु बेला बेलामा देखापर्ने गरेको भन्दै एमालेले सामाजिक सद्भाव खल्बल्याउन चाहने जुनसुकै शक्तिलाई पनि पराजित गर्ने बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?