Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

प्रहरीसँग नभएको स्वचालित हतियारबाट गोली, षड्यन्त्रको पर्दाफास होस् : ओली


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको बताएका छन् ।

संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भएको बताएका छन् । घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको र धेरै युवाहरुको ज्यान गएको बताए । उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । अहिले संविधानमाथि ठूलो आक्रमण भएको बताउँदै प्रधानमन्त्रीबाट आफूले राजीनामा दिएपछि पनि संहदरबार जलाइएको, नेपालको नक्शा जलाइएको, देशको निशानी मेटाउन खोजिएको बताए । विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला? उनको प्रश्न छ ।

उनले भने, ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो–आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु । हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ । प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्शा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ । जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पती छानीछानी खरानी बनाइएको छ । यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ । हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महशुस गर्नेछ । विदेश जाने÷आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्नेछ । तर यो कुरा समय छँदै बुझ्नु पर्नेछ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहनेछ ।’

अध्यक्ष ओलीले सबै पुस्ताका नेपाली एकजुट हुनुपर्ने आह्वान गर्दै सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न रसंविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । एकताले नै देशसामु उत्पन्न अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्ने बताएका छन् ।


प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?