Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२० मंसिर २०८२, शनिबार
२० मंसिर २०८२, शनिबार

जेन जी पुस्ताले आन्दोलन सत्ता प्राप्तिका लागि होइन भन्ने मानक स्थापित गरिदिएः पुरञ्जन आचार्य


काठमाडौँ। वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जेन जी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको बताएका छन् ।

उनले जेन जी आन्दोलन भविष्यउन्मुख रहेको बताउदै भ्रष्टाचार र बेथितिका विरुद्धमा आवाज उठाउँमा ज्यान गुमाउनुपरेको र बिना स्वार्थ त्याग गरेर राज्य सत्ता अर्को पुस्तालाई सुम्पिनु सुझबुझपूर्ण निर्णय भएको बताएका छन् । उनले नेपालको इतिहासमा आन्दोलनकारी सत्तामा जान लुछाचुँडी गरेको देखिएको भएपनि जेन जीले आफू सत्तामा रहनका लागि अनुभवबिहीन रहेकाले अनुभव भएका व्यक्तिहरुलाई सत्तामा राख्नु महत्वपूर्ण रहेको जिकिर गरेका छन्। आन्दोलन सत्ता प्राप्तिका लागि भन्ने भाष्यलाई चिरेर जेन जी पुस्ताले उदाहरण प्रश्तुत गरेको उनको ठम्याइ छ । जेन जी पुस्ताले आफूहरु आन्दोलन गर्न सक्षम रहेको, सत्ता परिवर्तन गर्न सक्षम रहेको तर सत्ता सञ्चालन गर्न परिपक्व नभएको बुझेको बताएका छन् ।

उनले भने, ‘यो आन्दोलन भविष्यउन्मुख छ । यो बिना स्वार्थ त्याग गरेको छ । किनभने जेन जीले आन्दोलन गरेर एकथरीलाई लगेर सत्तामा बसाइदिएको छ । आफू बसेको छैन । आफू जान्न भनेर घोषणा गरेको छ । अहिलेसम्म आन्दोलनकारीहरु नेपालको इतिहासमा २००७ सालदेखि अहिलेसम्म आन्दोलन गर्नेहरु हत्तपत्त सत्तामा जान र सत्तामा लुछाचुँडि गर्न नाम कहलिएका थिए, कुख्यात भएका थिए । चाहे त्यो २००७ सालको क्रान्ति होस्, त्यसपछि आएको २०३६ सालको क्रान्ति होस् । २०४६, २०६२—२०६३ सालको । आन्दोलन केका लागि गरेको भन्दा झन्डै झन्डै एउटा मान्यता र मानक स्थापित भएको थियो की सत्तामा जान भन्ने । यो पहिलो आन्दोलन हो । जुन आन्दोलनकारी समूहले आन्दोलन गरेको हो हामी सत्तामा जाँदैनौँ भनिरहेको छ । त्यसैले यहँँ त्याग पनि छ, निःस्वार्थपन पनि छ । यो आन्दोलनले नयाँ मानक स्थापित गरेको छ । त्यसलाई लिएर हामी जस्तो पुरानो पुस्ताले नयाँ पुस्तालाई धन्यवाद दिनुपर्छ । यो उमेरले आफूलाई आफ्नो क्षमतालाई,मुलुकलाई, मुलुकुको विद्यमान ऐन, कानूनलाई बुझे । हामी आन्दोलन गर्नसक्छौँ, आन्दोलन गरेर सत्ता त परिवर्तन गरिदिनसक्छाँै तर सत्तामा गएर सरकार चलाउन सक्दैनौँ, हामीसँग अनुभव छैन अहिले भन्ने बुझे । त्यो उनीहरु आफैँले भनेका पनि छन् । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या पहिलाको पुस्ताले बुझेन अहिलेको पुस्ताले बुझ्यो । पहिलेको पुस्ताले हामी सबैकुरा जान्दछौँ भन्थ्यो ।’

उनले नेपालको अहिलेसम्मको पुस्ताले नबुझेको समस्या जेन जी पुस्ताले बुझेकोमा खुशी व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?