Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जेन जी पुस्ताले आन्दोलन सत्ता प्राप्तिका लागि होइन भन्ने मानक स्थापित गरिदिएः पुरञ्जन आचार्य


काठमाडौँ। वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले जेन जी पुस्ताले देशको समस्या बुझेर आन्दोलन गरेको बताएका छन् ।

उनले जेन जी आन्दोलन भविष्यउन्मुख रहेको बताउदै भ्रष्टाचार र बेथितिका विरुद्धमा आवाज उठाउँमा ज्यान गुमाउनुपरेको र बिना स्वार्थ त्याग गरेर राज्य सत्ता अर्को पुस्तालाई सुम्पिनु सुझबुझपूर्ण निर्णय भएको बताएका छन् । उनले नेपालको इतिहासमा आन्दोलनकारी सत्तामा जान लुछाचुँडी गरेको देखिएको भएपनि जेन जीले आफू सत्तामा रहनका लागि अनुभवबिहीन रहेकाले अनुभव भएका व्यक्तिहरुलाई सत्तामा राख्नु महत्वपूर्ण रहेको जिकिर गरेका छन्। आन्दोलन सत्ता प्राप्तिका लागि भन्ने भाष्यलाई चिरेर जेन जी पुस्ताले उदाहरण प्रश्तुत गरेको उनको ठम्याइ छ । जेन जी पुस्ताले आफूहरु आन्दोलन गर्न सक्षम रहेको, सत्ता परिवर्तन गर्न सक्षम रहेको तर सत्ता सञ्चालन गर्न परिपक्व नभएको बुझेको बताएका छन् ।

उनले भने, ‘यो आन्दोलन भविष्यउन्मुख छ । यो बिना स्वार्थ त्याग गरेको छ । किनभने जेन जीले आन्दोलन गरेर एकथरीलाई लगेर सत्तामा बसाइदिएको छ । आफू बसेको छैन । आफू जान्न भनेर घोषणा गरेको छ । अहिलेसम्म आन्दोलनकारीहरु नेपालको इतिहासमा २००७ सालदेखि अहिलेसम्म आन्दोलन गर्नेहरु हत्तपत्त सत्तामा जान र सत्तामा लुछाचुँडि गर्न नाम कहलिएका थिए, कुख्यात भएका थिए । चाहे त्यो २००७ सालको क्रान्ति होस्, त्यसपछि आएको २०३६ सालको क्रान्ति होस् । २०४६, २०६२—२०६३ सालको । आन्दोलन केका लागि गरेको भन्दा झन्डै झन्डै एउटा मान्यता र मानक स्थापित भएको थियो की सत्तामा जान भन्ने । यो पहिलो आन्दोलन हो । जुन आन्दोलनकारी समूहले आन्दोलन गरेको हो हामी सत्तामा जाँदैनौँ भनिरहेको छ । त्यसैले यहँँ त्याग पनि छ, निःस्वार्थपन पनि छ । यो आन्दोलनले नयाँ मानक स्थापित गरेको छ । त्यसलाई लिएर हामी जस्तो पुरानो पुस्ताले नयाँ पुस्तालाई धन्यवाद दिनुपर्छ । यो उमेरले आफूलाई आफ्नो क्षमतालाई,मुलुकलाई, मुलुकुको विद्यमान ऐन, कानूनलाई बुझे । हामी आन्दोलन गर्नसक्छौँ, आन्दोलन गरेर सत्ता त परिवर्तन गरिदिनसक्छाँै तर सत्तामा गएर सरकार चलाउन सक्दैनौँ, हामीसँग अनुभव छैन अहिले भन्ने बुझे । त्यो उनीहरु आफैँले भनेका पनि छन् । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो समस्या पहिलाको पुस्ताले बुझेन अहिलेको पुस्ताले बुझ्यो । पहिलेको पुस्ताले हामी सबैकुरा जान्दछौँ भन्थ्यो ।’

उनले नेपालको अहिलेसम्मको पुस्ताले नबुझेको समस्या जेन जी पुस्ताले बुझेकोमा खुशी व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २ आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?