Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

सभामुख घिमिरे र अध्यक्ष दाहालको अपिलः संवैधानिक प्रक्रियाबाटै निकास खोजौं


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियामार्फत शान्ति, स्थायित्व, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउँदै अघि बढ्न अपिल गरेका छन् ।

शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको संविधान भित्रैबाट निकास खोज्नुपर्ने बताएका हुन् । २३ र २४ भदौमा जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संसदले दुःख व्यक्त समेत गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

‘देशमा विद्यमान विपत्तिपूर्ण परिस्थितिमा जनता मिलेर सार्वभौमिकता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरमा राख्दै संवैधानिक प्रक्रियाबाट निकास दिन सबैलाई आह्वान गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ ।’

विधिको शासन र संविधानवादलाई मजबुत बनाउन संसदका दुवै सदन एकतावद्ध रहेको समेत वक्तव्यमा उल्लेख छ ।


प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?