Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सभामुख घिमिरे र अध्यक्ष दाहालको अपिलः संवैधानिक प्रक्रियाबाटै निकास खोजौं


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियामार्फत शान्ति, स्थायित्व, राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ बनाउँदै अघि बढ्न अपिल गरेका छन् ।

शुक्रवार संयुक्त वक्तव्य जारी गर्दै उहाँहरुले जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको संविधान भित्रैबाट निकास खोज्नुपर्ने बताएका हुन् । २३ र २४ भदौमा जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संसदले दुःख व्यक्त समेत गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह समेत गरिएको छ ।

‘देशमा विद्यमान विपत्तिपूर्ण परिस्थितिमा जनता मिलेर सार्वभौमिकता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरमा राख्दै संवैधानिक प्रक्रियाबाट निकास दिन सबैलाई आह्वान गर्दछौं,’ संयुक्त वक्तव्यमा भनिएको छ ।’

विधिको शासन र संविधानवादलाई मजबुत बनाउन संसदका दुवै सदन एकतावद्ध रहेको समेत वक्तव्यमा उल्लेख छ ।


प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?