Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

सरकारले आज ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने


काठमाडौँ। सरकारले सोमवार (आज) ८ अर्ब ५० करोड निक्षेप संकलन गर्ने भएको छ । ९१ दिने ट्रेजरी अन्र्तगत उक्त निक्षेप संकलन गर्न लागिएको हो ।

सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण संकलन गर्ने लक्ष्य राखेको छ । यसमा ट्रेजरी बिल्सअन्तर्गत १ खर्ब ३० अर्ब संकलन गर्ने लक्ष्य छ ।

सरकारले बैंकहरुमा लगानीयोग्य रकम अधिक भइरहेको अवस्थामा आन्तरिक ऋणलाई बढाउँदै लामो समयावधिको पनि ट्रेजरी बिल्स पनि निष्कासन गर्दै आएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेको छ ।
यसै महिनाको गत १६ गते पनि टे-जरी विक्री गरिएको थियो । ८१ दिने टे«जरी बिलमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.३२ प्रतिशत र सबैभन्दा कम २ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

यस्तै, ३६४ दिने ट्रेजरी बिलमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६९ प्रतिशत र सबैभन्दा कम २.४४ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।
ब्याजदर सस्तो भएको मौका छोपेर सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तिब्र पार्दै आइरहेको छ ।

ट्रेजरी बिलहरू बोलकबोल मार्फत निष्कासन हुने गरेको छ । बहु–बोल मूल्य विधि प्रयोग हुन्छ । यसमा विभिन्न बोलदाताले फरक–फरक मूल्य वा प्रतिफल प्रश्ताव गर्छन्, र औसत मूल्यमा वितरण गर्ने गरिएको छ ।

यो प्रणालीले बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गर्छ, जसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग गर्ने गरेको छ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । प्रतिष्पर्धी र अप्रतिस्पर्धीबाट सम्बन्धित व्यवस्था ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिष्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइँदैन ।

एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइँदैन । सरकारको आम्दानी कमजोर भएको बेला खर्च धान्न सरकारले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ ।


प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?