Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट


काठमाडौँ।राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको बताए । उनीहरु अहिले एउटै घरमा वन्धकको रुपमा रहेको र उद्धारको माग गरिरहेको बताएका छन् ।

उनले भने, ‘करिव ४० हजार महिलाहरु भिजिट भिसामा कुवेतमा लगेर बेचिएको समाचार आइरहेको छ । अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने रहेछन् । एउटै घरमा वन्धकको रुपमा राखिएको र उद्धारको माग गरिरहेको भन्नेछ । भिजिट भिसाको प्रकरणमा त्यत्रो संख्यामा महिला बेचिँदा के भएको हो सरकार र गृह मन्त्रालयले यो रोष्ट्रममा आएर सदनलाई जानकारी दिनका लागि माग गर्न चाहन्छु ।’

उनले सरकार र गृह मन्त्रालयले यसबारेमा स्पष्ट पार्नुपर्ने भन्दै सदनमा सरकारको जवाफ माग गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?