Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सरकार अधिनायकवादतिर उन्मुख छः अग्नि सापकोटा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन् ।

सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको न को आरोप छ । उनले राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप लगाएका छन् । विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको आरोप लगाएका छन् ।

उनले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताउदै उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको जिकिर गरेका छन् ।

उनले भने, ‘यो सरकार अलि अधिनायकवादतिर तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्ने, अझ खास गरी सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको छ । प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानालाई कहिलेदेखि हटाउने कोशिस गरिरहनुभएको थियो भन्दा धेरै पटक गर्नुभयो । अहिले हस्ताक्षर संकलन भइरहेको छ भनेर हामीलाई खबर आएको छ । त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ । प्रतिनिधि सभाको उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ, चुनाव गरेर अर्को आउँछ । यो एक प्रकारले गैरसंसदीय प्रक्रिया हो ।’

उनले संवैधानिक परिषद्मा बहुमत पुयाउन प्रधानमन्त्री ओलीले बद्नियतपूर्ण काम गरिरहनुभएको आरोप लगाउँदै यो गैरसंसदीय प्रक्रिया भएको जिकिर गरेका छन् ।


प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?