Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विद्यालाई ओलीले भनेः कर्मचारी झुक्याएर रसिद लिने, नविकरण गर्न सदस्य हुनुपरेन


काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भण्डारीको पार्टी सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन् । उनले भण्डारीको पार्टी सदस्यता पार्टीले खोसेको नभइ राष्ट्रपति हुने बेलामा आफैँले सदस्यता त्याग गरेर जानुभएको र त्याग गर्नैपर्ने अवस्था रहेको पनि बताएका छन् । राष्ट्रपतिबाट फर्किएपछि पुनः नविकरणका लागि पार्टीमा निवेदन दिनुपर्नेमा अहिलेसम्म नदिनुभएको र पार्टीसँग कुरा नगरेको पनि स्पष्ट पारेका छन् । सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर पार्टीको सदस्य नभइने ओलीको भनाइ छ । सदस्यता नै नभएको व्यक्तिको सदस्यता नविकरण नहुने उनको भनाइ छ ।

अध्यक्ष ओलीले भने, ‘पूर्वराष्ट्रपतिजीको सम्बन्धमा तपाईंहरुलाई पनि भ्रम नपरोस्, उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुने बेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेरै राष्ट्रपति हुन जानुपर्छ । उहाँले सदस्यता छोडेर राष्ट्रपति बन्न जानुभएको हो । फर्किएर आएपछि त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे होला, कर्मचारीले त रसिद काटिदिन्छ । त्यसरी लिने होइन । राष्ट्रपतिले छोडेको सदस्यता हो । छोडेको सदस्यता नविकरण हुँदैन, भइरहेको सदस्यता मात्रै नविकरण हुन्छ । तपाईंसँग सदस्यता नै छैन भने नविकरण कसरी गर्नुहुन्छ । सदस्यता चाहिनका लागि राष्ट्रपति हुन नजानु पर्दथ्यो नि त । म त्यसैमा बस्छु, म जान्न राष्ट्रपति बन्न भन्नुपर्दथ्यो । आएपछि सदस्यता छैन । पार्टी सदस्यतालाई निरन्तरता गर्ने हो भने उहाँले पार्टीमा कुरा गर्नुपर्दथ्यो, निवेदन गर्नुपर्दथ्यो । पार्टीमा उहाँले कुरा गर्नुभएको छैन, पार्टीले निर्णय गरेको छैन । दस्तुर तिर्दैमा नविकरण हुन्छ । उहाँले सदस्यताका लागि आवेदन दिनुभएको छैन । हामीसँग पनि नविकरण गर्नुप¥यो भन्नुभएको छैन । बाहिर बाहिर बजारमा टेलिभिजनले दिने त होइन होला । ’

अध्यक्ष ओलीले पार्टीले राष्ट्रपति दुई दुई पटक बनाएको भन्दै त्यस्तो व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्नेकुरा कल्पना पनि नगरेको बताउदै पार्टीबाट चुनाव हारेका व्यक्तिहरु भेला गरेर कुद्ने काम गर्नुभएको आरोप लगाएका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?