Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्णः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन्  ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गरेको बताएका छन् । उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम गरेको बताए । आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न पनि सफल भएको बताएका छन् ।

सभापति देउवाले भने, ‘आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको छ । प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी अघि बढ्नुभयो । धैर्यतामा जीवन नै बलिदान गर्नुभयो । यि सम्पूर्ण प्रजातन्त्र सेनानीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँहरुको त्याग, तपस्या र बलिदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको छ ।’

सभापति देउवाले आदिवासी, जनजाति लगायत नेताहरुलै देखाउनुभएको लोकतान्त्रिक समावेशी मार्गमा काँग्रेस अग्रसर रहेको बताएका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?