Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्णः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन्  ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गरेको बताएका छन् । उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम गरेको बताए । आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न पनि सफल भएको बताएका छन् ।

सभापति देउवाले भने, ‘आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको छ । प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी अघि बढ्नुभयो । धैर्यतामा जीवन नै बलिदान गर्नुभयो । यि सम्पूर्ण प्रजातन्त्र सेनानीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँहरुको त्याग, तपस्या र बलिदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको छ ।’

सभापति देउवाले आदिवासी, जनजाति लगायत नेताहरुलै देखाउनुभएको लोकतान्त्रिक समावेशी मार्गमा काँग्रेस अग्रसर रहेको बताएका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?