Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नेपाली सेनामा अधिकृत क्याडेट पदका लागि आवेदन खुला


काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि नयाँ दरखास्त आह्वान गरेको छ। भर्ती तथा छनौट निर्देशनालय, जङ्गी अड्डाले शुक्रबार प्रकाशित सूचनाअनुसार २ सय जनाभन्दा बढी संख्यामा अधिकृत क्याडेट भर्ना हुन सक्ने गरी आवेदन मागिएको हो।

सेनाले तोकेको विवरणअनुसार पुरुष १७५ जना र महिला २५ जना गरी कुल २०० जनाका लागि दरखास्त खुलाइएको छ।

इच्छुक उम्मेदवारले २०७९ भदौ ६ गतेदेखि २०७९ असोज १० गतेसम्म अनलाइनमार्फत योग्यता तथा मापदण्ड पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् भने विलम्ब शुल्कसहित असोज १७ गतेसम्म फारम भर्न सकिनेछ।

दरखास्त अनलाइन प्रणालीमार्फत मात्र दिने व्यवस्था गरिएको छ। दरखास्त दिने तरिका, आवश्यक कागजात र अन्य जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट vacancy.nepalarmy.mil.np मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?