Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

युवाहरु तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताउएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले युवाहरुको समय रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले युवाहरु अघि बढेर देश विकासमा लाग्नुपर्ने बताउदै युवाहरु तयार भए आफू पद छोड्न तयार रहेको बताए । प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँनयाँ विकास, आविष्कार र प्रगति भएको बताए । उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने पनि विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘यो युवाहरुको समय हो । युवाहरु अगाडि बढ्नुपर्छ । युवाहरुले गर्नसक्नुपर्छ । यो कुरा थाहा पाएपछि भन्छन्, तपाईंले किन पद नछोडेको ? म त छोड्न तयार नै छु नि । युवाहरु तयार हुनुप¥यो नि त । म इन्करेज गर्न चाहन्छु युथहरुलाई ।’

प्रधानमन्त्री ओलीले नेपालमा अब लगानी र काम गर्न कुनै बाधा नरहेको दाबी गरेका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?