Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

रवि लक्षित काँग्रेस सांसद थापाको टिप्पणीः जेल ससुराली हो र, ठग पनि अब असल भए


काठमाडौँ। नेपाली काँग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने भन्दै टिप्पणी गरेका छन् ।

सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले नेकपा एमाले र काँग्रेसलाइ सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरु विकास भएको बताएका छन् । उनले नेपालमा कुनै पार्टी र राजनीतिक नेतृत्व पानी माथिको ओभानो नरहेको उनको टिप्पणी छ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरु चोर हुने, अहिले ठगै चाहीँ असल हुने ? भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘एउटा काँग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । यो चाहीँ पार्टी गतिलो छ भनेर कुन चाहीँ छ उदाहरण दिनुस् न । व्यक्ति पनि एउटाको उदाहरण दिनुस् । जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि । त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरु चोर हुने, अहिले ठगै चाहीँ असल हुने ?’

सिंहदरबारमा मंगलवार नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरुलाई बोलाएर हस्ताक्षर गराएका छन् । कारणबारे भने खुलाइएको छैन ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?