Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

सिसडोल–बञ्चरेडाँडा फोहोरबाट बिजुलीदेखि कम्पोस्ट मलसम्म : उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा मन्त्रालयसँग सम्बन्धी मौखिक प्रश्नको जवाफ दिँदै उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि निर्माण गरिएको सेनेटरी ल्याण्डफिल साइटसहितको पूर्वाधार कार्य महानगरलाई हस्तान्तरण गरिएको समेत बताएका छन्। उनका अनुसार शहरी विकास तथा भवन निर्माण विभागमार्फत करिव ४० मिटर उचाईको बारमध्ये हाल २५ मिटर उचाईको बारसहित सम्पूर्ण भौतिक संरचना निर्माण कार्य पूरा भई सञ्चालनको लागि महानगरलाई उपलब्ध गराइएको छ । त्यसको उचाई बढाउन खरिद प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रयोगमा रहेका सिसडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिल साइटका विकल्पको अध्ययन गर्ने, सिसडोल क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र स्थानीय माग सम्बोधन गर्नेतर्फ मन्त्रालय निरन्तर सक्रिय रहेको दाबी गरेका छन् । उनले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनलाई वैज्ञानिक ढंगले अघि बढाउन महानगरपालिकासँग सहकार्य भइरहेको समेत बताए । उनल फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण, कुहिने–नकुहिने फोहोरको वर्गीकरण, विद्युत उत्पादन, कम्पोस्ट मल निर्माण र कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने कार्यसमेत योजनाबद्ध ढंगले अघि बढाइएको बताएका छन् ।

उनले भने, ‘काठमाडौं महानगरमा फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि बञ्चरेडाँडामा सेनेटरी ल्याण्डफिलसाइट लगायतको पूर्वाधार निर्माण गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालयलाई तोकिएकोमा शहरी विकास तथा भवन निर्माण विभागमार्फत उक्त ल्याण्डफिल्डसहितको करिब ४० मिटर उचाई को बारमध्ये हाल २५ मिटर उचाईको बारसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी सञ्चालनको लागि काठमाडौं महानगरपालिकालाई उपलब्ध गराएको छ । हाल त्यसको उचाई बढाउनको लागि खरिद प्रक्रिया अगाडि बढेको छ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनमा प्रयोग भएको स्थानीय सिडोल र बञ्चरेडाँडा स्यानेटरी ल्याण्डफिलसाइटका विकल्पहरु तथा सिसडोल क्षेत्रमा फोहोबाट उत्पन्न समस्या समाधान तथा स्थानीयका मागहरु सम्बोधन हुने कार्यहरु समेत यस मन्त्रालयबाट हुँदै आइरहेका छन् । बञ्चरेडाँडामा काठमाडौंमा महानगरको फोहोर व्यवस्थित ढंगले बिसर्जन गर्ने फोहोरबाट उत्पन्न ब्याक्टेरियाको नियन्त्रण गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत उत्पादन गर्ने, कमपोस्ट मल बनाउने तथा कच्चा पदार्थ प्रशोधन केन्द्र स्थापना गर्ने तथा स्थानीयवासीको समस्या समाधान गर्ने जस्ता विषयहरुमा काठमाडौं महानगरपालिका र अन्य सम्बन्धीत निकायहरुसँग समन्वय र सहकार्य हुँदै आएको छ ।’

उपप्रधानमन्त्री सिंहले स्वस्थ र सफा शहर निर्माणका लागि सबै तहको सरकारसँग समन्वय र सहकार्यका साथ काम गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?